Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – नेपाली परम्पराअनुसार गाईको दूध अमृतसमान मानिन्छ । गाईको शुद्ध दूधबाट क्यान्सरजस्ता भयानक रोगसमेत निको हुने वैज्ञानिक तथ्य छ । गाईको दूध मात्र नभएर दही, घिउ, पिसाब र गोबरसमेत उपयोग गरिन्छ । हिन्दू धार्मिक मान्यताअनुसार गाईको पिसाबलाई गहुँत भनिन्छ, जुन मर्दापर्दा काम लाग्छ ।

गाईको दूधमा न्यून मात्रामा चिल्लो हुन्छ । त्यसैले यो पातलो र कम फिँजयुक्त हुन्छ । गाईको दूधमा ९० प्रतिशतसम्म पानी हुन्छ । जसले शरीरमा आवश्यक पानीको मात्रा पूरा गर्न सहयोग गर्छ । तर, गाईको दूध नवजात शिशुका लागि भने हानिकारक रहेको वैज्ञानिकहरू बताउँछन् ।

वर्षदिन नपुगेका बच्चालाई गाईको दूधले फाइदाभन्दा बढी हानि गर्ने उनीहरूको तर्क छ । आमाको दूध नआएमा शिशुलाई गाईको दूध खुवाउने गरिन्छ । ठोस खानेकुरा खान नसक्ने बच्चाका लागि गाईको दूध विकल्पको रूपमा प्रयोग गरिन्छ ।

गाईको दूधमा आमाको दूधमा जस्तो आइरन हुँदैन । तसर्थ, एक वर्षभन्दा कम उमेरका बच्चालाई गाईको दूधको मात्र भर परेमा आवश्यक पोषक तत्व (आइरन)को कमी हुन्छ । त्यसैले आमाको दूध खान नपाउने अवस्था आएमा बच्चालाई गाईको दूधसँगै आइरनयुक्त अन्य खानाकुरासमेत खुवाउँदा केही बेटर हुन्छ ।

गाईको दूधले नवजात शिशुको श्वासप्रश्वास प्रक्रियामा असर पु-याउँछ । साथै, पाचन प्रक्रियामा समेत समस्या बढाउन सक्छ । आमाको दूधमा पाइने जति पौष्टिक तत्व गाईको दूधमा नहुने भएकाले बच्चा कमजोर हुन सक्छ । त्यस्तै, रोग प्रतिरोधात्मक क्षमतामा समेत कमी आउँछ ।

यसका साथै गाईको दूध पिउने साना बच्चामा एनिमिया र एलर्जीको खतरासमेत हुन्छ ।

तपाईको प्रतिक्रिया