Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – ब्राजिलकी एक युवती ३२ वर्षसम्म महिनावारी भएकी थिइनन् । एमआरएचके सिन्ड्रोमका कारण उनको शरीरमा पाठेघर थिएन । संसारमा ४ हजार ५ सय महिलामा १ जनालाई यस्तो सिन्ड्रोम हुन्छ ।

सन् २०१६ को सेप्टेम्बरमा उनको जीवन बदलियो । एक जना ब्रेन ह्यामरेज भएर मृत्यु भएकी महिलाको शरीरबाट निकालिएको पाठेघर ती युवतीको पेटमा राखियो । ती महिलाले दान दिएको पाठेघर युवतीको पेटमा राख्न १० घन्टा लामो अपरेशन भयो । पाठेघर प्रत्यारोपण गरेको आठ दिनपछि उनी अस्पतालबाट घर फर्किइन् । ३७ दिनपछि उनी पहिलो पटक महिनावारी भइन् । त्यसपछि त्यो क्रम निरन्तर चलिरह्यो ।प्रत्यारोपणको सात महिनापछि ती युवती गर्भवती भइन् । गर्भावस्था पनि सामान्य रूपले बित्यो । ३५ सातापछि गत वर्ष डिसेम्बर १५ तारिखमा ती युवतीले छोरीलाई जन्म दिइन् ।  ६ पाउन्ड तौल भएकी ती बच्ची अहिले अरूबच्चाजस्तै हुर्किरहेको बीबीसीले उल्लेख गरेकाे छ । बच्चा जन्मिएसँग उनको शरीरमा प्रत्यारोपण गरिएको पाठेघर पनि निकालिएको छ । मृतकबाट निकालेर प्रत्यारोपण गरिएको पाठेघरमा गर्भ विकास भएर बच्चा जन्मिएको यो पहिलो पटक हो ।

यसअघि अमेरिका, टर्की र चेक रिपब्लिकमा  मृतकको शरीरबाट निकालिएका १० वटा पाठेघर प्रत्यारोपण भए पनि त्यसबाट बच्चा जन्मन सकेको थिएन । जिवित व्यक्तिको पाठेघर निकालेर प्रत्यारोपण भएको पाठेघरबाट सन् २०१३ मा पहिलो बच्चा जन्मिएको थियो। यसरी प्रत्यारोपण भएका पाठेघरबाट ११ जना बच्चा जन्मिएका छन्।

तपाईको प्रतिक्रिया