Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडाैं – बाँसको तामा, हाम्रो रैथाने परिकार । हुन त अहिले यसको सिजतन होइन । यद्यपी जाडो याममा बाँसको तामाको परिवार निकै उपयोगी हुन्छ । बाँसको तामा मानव स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यसलाई अचार, तरकारी वा सुपको रुपमा सेवन गर्न सकिन्छ । नेपालमा मात्र नभई दक्षिण यसियामै बाँसको तामाको प्रचलन छ । नेपालमा यसको परिकार सिमित भए पनि विदेशमा भने सैयौं परिकारमा यसको प्रयोग गरिन्छ । जाडो मौसममा तामाको सुप निकै लाभदायक हुन्छ ।

कसरी तयार गर्ने त बाँसको तामा
बाँसको तामालाई गुन्द्रुक जसरी नै पकाउने गरिन्छ । त्यसका लागि पहिला बाँसको कलिलो मुन्टा भाँचेर ल्याई स-साना टुक्रा बनाउनुपर्छ । त्यसलााई केहीबेर घाममा सुकाएर सुकाएर बेसार मोल्ने र सफा माटोको भाडो या डिब्बामा हावा नछिर्ने गरी बन्द गरि राख्नुपर्छ । त्यसलाई जति लामो समय राख्यो त्यति नै अम्लिएपन बढ्दै जान्छ ।

तामालाई पलास्टिकमा बाधेर जमिनमुनि महिनौसम्म गाड्ने परम्परागत तरिका पनि छ । तर, ब्याबसायिक रुपमा तामा उत्पादन गर्ने हरुले भने एयर टाइट बोटलमा भिनेगर र तामा राखी विक्रीको लागि राखेका हुन्छन् ।

नेपालमा आलु बोडी तामाको तरकारी निकै प्रचलित छ । तामाको अमिलो अचार अर्थात तामाको मेसो पनि त्यतिकै लोकप्रिय छ । विदेशीहरुले यसलाई थुप्रै परिकारको प्रयोजनामा प्रयोग गर्छन् । खानाको सुरुवाती समयमा एप्पीटाइजर सलादको रुपमा तामालाई लिने गरिन्छ । तामाको सुप पनि विभिन्न थरीका तयार पारिन्छ ।

यी हुन् तामाका फाइदा
– बाँसको तामामा कार्बोहाइड्रेडको मात्रा अत्यन्तै कम हुन्छ । जसकारण मधुमेह रोगीको लागि यसका परिकार निकै फाइदाजनक हुन्छ ।

– बाँसको तामा क्यालोरी पनि न्युन हुन्छ । त्यसैले तौल घटाउन चाहनेहरुको लागि पनि यसले फाइदा पुर्‍याउँछ ।
– पाचन प्रकियामा समस्या छ भने पनि नियमित रुपमा तामाको सेवन गर्दा राम्रो हुन्छ । बिसाबमा सक्रमण भएका बिरामीलाई पनि तामाले औषधीको काम गर्छ ।

– गर्भबती महिलालाई पनि तामा निकै स्वस्थकर मानिन्छ । यस्ता महिनालाई गर्भवतिको अन्तिम महिलामा तामा खुवाउने गरिन्छ ।
– यसले ग्यास्ट्रिक र अल्सरलाई निको पार्नमा भुमिका निर्वाह गर्छ । नियमित तामाको सेवनले क्यानसरको सम्भावनालाईसमेत कम गर्छ ।

– यो मुटु रोग, रक्तचाप, अत्याधिक कोलेस्ट्रोल, आन्तरिक घाउचोटको समस्यालाई नियन्त्रण गर्नका लािग तामाले महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

– फोक्सो सम्बन्धी बिरामीको लागि तामा अमृतसमान मानिन्छ । स्वासप्रश्वासको समस्याबाट ग्रसित विरामीलाई नियमित रुपमा तामा सेवन गर्दा ठूलो राहत दिन्छ ।

तपाईको प्रतिक्रिया