Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – अनुहार सफा गर्न बढी तातो र चिसो पानी प्रयोग गर्नु हुँदैन ।

अत्यधिक तातो पानीले छालामा भएको रगत सेल्सलाई असर गर्छ । त्यस्तै, चिसो पानीका कारण मेकअप प्रडक्टलाई अनुहारले राम्रोसँग ग्रहण गर्न सक्दैन । त्यसैले जहिले पनि अनुहार सफा गर्दा मनतातो पानी प्रयोग गर्नु उत्तम हुन्छ ।

-के तपाईं कुनै सोचविचार नै नगरी फेसवास खरिद गर्नुहुन्छ ? यस्तो हो भने अबदेखि गल्ती नगर्नुहोला । स्किनको प्रकृति र समस्यालाई मध्यनजर गरेर मात्र फेसवास खरिद गर्नुपर्छ । चिल्लो स्किनका लागि सेलिसिलिक एसिड भएको फेसवास प्रयोग गर्नुपर्छ ।

यदि अनुहारको छाला फुस्रो छ भने मेडिकेटेड क्लिन्जर प्रयोग गर्नु उत्तम हुन्छ । सेन्सेटिभ स्किन भएकाले भने कुनै मेडिकेटेड माइल्ड क्लिन्जर प्रयोग गर्नुपर्छ । जथाभावी फेसवास वा क्लिन्जर प्रयोग गर्नु घातक बन्न सक्छ ।

-तपाईंलाई लाग्न सक्छ, फेसवासले मेकअप पनि सफा गर्छ । यस्तो सोचका कारण तपाईं अनुहारसम्बन्धी कैयौँ समस्याबाट ग्रसित पनि हुन सक्नुहुन्छ । किनभने, मेकअपसँगै अनुहार सफा गर्दा स्किनको पोर्स बन्द हुन पुग्छ । जसका कारण पिम्पल्सजस्ता समस्या निम्तिन सक्छ । त्यसैले मेकअप हटाएर मात्र फेसवास गर्नुपर्छ ।

-धेरैको बानी फोहोर हातमै फेसवास लिने र अनुहारमा दल्ने हुन्छ । तर, यसो गर्दा पनि तपाईंको अनुहारलाई हानि पुग्छ । पहिला हातको फोहोर सफा गरेर मात्र अनुहारमा फेसवास लगाउनुपर्छ । किनभने, फोहोर हातले अनुहारमा फेसवास दल्दा फेसवाससँगै ब्याक्टेरिया पनि अनुहारमा पुग्छ । जसले गर्दा अनुहारमा इन्फेक्सन हुन सक्छ ।

-फेसवास अनुहारमा दल्नेबित्तिकै पानीले सफा गर्नु हुँदैन । फेसवासले राम्रोसँग काम गरोस् भन्ने चाहनुहुन्छ भने एक–दुई मिनेट अनुहारमै फेसवास रहन दिनुपर्छ र मसाज गर्नुपर्छ । तर, अनुहारमा कडा तरिकाले कहिल्यै रगट्नु हुँदैन ।

तपाईको प्रतिक्रिया