Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – सिप्रदी ट्रेडिङले नयाँ टाटा टिगोर बजारमा ल्याएको छ । टाटा माटर्सका लागि नेपालको आधिकारिक बिक्रेताले नेपाली बजारमा अर्को आकर्षक प्यासेन्जर गाडी प्रस्तुत गरेको हो । मनमोहक बाहिरी र भित्री बनावट भएको टाटा टिगोर पेट्रोल सेडान हो । यसको न्यनतम मूल्य २७ लाख ५५ हजार रुपैयाँ तोकिएको छ ।

टाटा मोटर्सका प्योसेन्जर युनिट प्रमुख सुजन रोयका अनुसार ‘अल न्यू टिगोर’ सही मूल्यमा बोल्ड, आकर्षक बनावट र उपयुक्त प्रिमियम कम्प्याक्ट सेडान खोज्ने ग्राहकका लागि नयाँ टिगोर डिजाइन गरिएको हो । कम्पनीले कला, कार्यक्षमता, आराम र प्रविधिको सर्वोत्कृष्ट समिश्रण स्वरुप बजारमा ल्याएको दावी गरेको छ ।

सिप्रदीको प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ भने अरुभन्दा केही फरक गर्ने दृढताअनुसार कार ल्याएको बताउँछन् ।

विशेषताहरु :
-ब्रेक फ्रि कुप रुफलाइन, ड्युअल चेम्बर प्रोजेक्टेड हेडल्याम्प, ओआरभीएम अटो फोल्ड, एलईडी टर्न इन्डिकेटर, १५ इन्च चक्कामा ड्युअल टोन कलर स्किम
-हाइट एड्जस्टेबल ड्राइभिङ सिट, कालो–खैरो, टिटानियम रंगको छालाको सिट कभर, आकर्षक, कप राख्ने ठाउँ, हात राख्ने ठाउँ भएको
-अटोमेटिक एसी, ४ सय १९ लिटरको बुट स्पेस
-उत्कृष्ट सुरक्षाः ड्युअल एअरब्याग, एन्टिलक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन, कर्नर स्टाकिलिटि कन्ट्रोल आदि
-उपलब्ध रंगः एजिप्सियन नीलो, रोमन सिल्भर, एस्प्रेसो खैरो, बेरी रातो, टिटानियम खैरो

तपाईको प्रतिक्रिया