Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौँ –  प्रधानमन्त्री केपी शर्मा ओलीले एचआइभि/एड्स सङक्रमितलाई उपचारको अभाव हुन नदिने बताउनुभएको छ ।

३१ औं विश्व एड्स दिवसको अवसरमा एक सन्देश दिनुहुँदै प्रधानमन्त्री ओलीले एचआइभी सङक्रमितलाई सरकारले निःशुल्क औषधिको व्यवस्था गरेको स्मरण गराउनुभएको छ ।

नेपालमा एचआइभी सङक्रमितहरूलाई सरकारले निःशुल्क औषधीको व्यवस्था गरेको उल्लेख गनुहुँदै प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “सबै सङक्रमितहरूमा यो सेवा

पुर्याउन सरकारका स्वास्थ्य निकाय र एड्सविरुद्ध कार्यरत सबै संस्थाहरूलाई म आग्रह गर्दछु । सबै सङक्रमितले उपचार सेवा पाउनु पर्दछ ।”एचआइभी/एड्स नियन्त्रणका उपायलाई थप प्रभावकारी बनाउन सबै क्षेत्रको आवश्यकतामा प्रधानमन्त्री ओलीले जोड दिनुभएको छ ।

दिगो विकासका लक्ष्यहरूले स्वास्थ्य मानव समाजको परिकल्पना गरेको स्मरण गराउनुहुँँदै प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा एड्स रोग निर्मूल गर्ने रणनीतिलाई द्रुत गतिमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । यस अभियानमा नेपालमा पनि राष्ट्रिय एड्स परिषदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रधानमन्त्री ओलीको विश्वास छ ।

तपाईको प्रतिक्रिया