Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ  – शेयर बजार निरन्तर ओरालो लागेका कारण जीवन बीमा कम्पनीको शेयरसमेत घटेको छ ।   कुनै समय शेयर लगानीकर्ताका लागि आकर्षक मानिएका जीवन र निर्जीवन बीमा कम्पनीको शेयर घटेपछि लगानीकर्तालाई त्यसले नकारात्मक प्रभाव पारेको छ ।

बजार घटेर तीन वर्ष पहिलेको स्थानमा आइपुगेको छ । बिहीबार बजार १० दशमलव ७२ बिन्दुले घटेर एक हजार १४८ बिन्दुमा झरेको छ । बिहीबार निर्जीवन र जीवन बीमा कम्पनीका शेयरमा उच्च अङ्कको गिरावट भएको थियो ।

स्टकमा कूल सात जीवन बीमा कम्पनीका शेयर सूचीकृत भएका छन् । बजार ओरालो लागेका कारण बीमा कम्पनीको शेयर प्रभावित भएको छ । केही कम्पनीको शेयरको मूल्य मात्रै रु ५०० माथि रहेका छन् ।

स्टकमा बिहीबार भएको कारोवारका आधारमा लाइफ इन्स्यारेन्स कम्पनीको मात्रै शेयर मूल्य एक हजार ४७५ रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य रु ९१६ छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको रु ६२७ मा कारोवार भएको छ ।

एशियन लाइफ इन्स्यारेन्सको रु ४९६ मा कारोवार भएको छ । यस्तै गुराँस लाइफ इन्स्योरेन्सको बिहीबार रु ५९८ मूल्यमा कारोवार भएको छ । प्राइम लाइफ इन्स्यारेन्स कम्पनीको अवस्था भने कमजोर रहेको छ । बजार ओरालो लाग्दा सो कम्पनीको शेयर मूल्य घटेर रु ४०४ मा कारोवार भएको छ ।

तपाईको प्रतिक्रिया