Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – जाडोयाममा रुघाखोकीले अति सताउँछ । संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा मुखबाट निस्कने कीटाणु हावाका माध्यमबाट वातावरणमा फैलिन्छ । मौसमी रुघाखोकीकै कारण मानिसको रोगप्रतिरोधात्मक क्षमता कम हुन्छ । त्यसमा पनि बालबालिका, गर्भवती र वृद्धवृद्धा छिटो संक्रमिण हुन्छन् ।

रुघाखोकीलाई समयमै नियन्त्रण गर्नुपर्छ । सामान्य सम्झेर बेवास्ता गरे इन्फ्लुएन्जाका कारण जटिल समस्यासमेत पैदा हुन सक्छ ।

– वायु प्रदूषणका कारण ब्याक्टेरिया, भाइरस आदि फैलने भएकाले बाहिर भिडभाडमा हिँड्दा मास्क लगाऔँ ।
– प्रशस्त मात्रामा फलफूल र झोलिलो खानेकुरा खाऔँ ।
– खाना खानुभन्दा अघि साबुनपानीले राम्ररी हात धुने गरौँ ।
– चिसोबाट बच्ने बहानामा धेरैजना एकै ठाउँमा बसे थप संक्रमण हुन्छ । तसर्थ, खुला स्थानमा बसौँ ।
– सम्भव भएमा चुरोट पिउने बानी हटाऔँ । धुवाँ–धुलोबाट बचौँ ।
– दैनिक शारीरिक व्यायाम गरौँ ।
– हरियो सागपात र फलफूल खाऔँ ।
– चिसो तथा चिसो हावाबाट बच्ने प्रयास गरौँ ।
– सरसफाइमा बढी ध्यान दिऔँ ।

तपाईको प्रतिक्रिया