Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं –  गर्भावस्था आफैँमा जटिल समय हो । गर्भवती महिलाले आफ्नो स्वास्थ्यप्रति निकै ख्याल गर्नुपर्छ । विशेषगरी, खानपानमा सचेत हुँदा आमा र बच्चाको स्वास्थ्यमा हानि पुग्दैन । गर्भवतीले कुन खानेकुरा खाने वा नखाने भन्नेबारे विश्वभर नै अलग–अलग मान्यता छन् । वैज्ञानिक र चिकित्सकहरूले पनि यो विषयमा खोज गरिरहेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सामान्यतया गर्भवती महिलाले साबिकको भन्दा दुई सय बढी क्यालोरीयुक्त खानेकुरा खानुपर्छ । जसमा दैनिक चार–पाँच चोटी या खाना खानु आवश्यक छ । माछा, मासु, अन्डा, बदाम तथा गेडागुडीजस्ता प्रोटिनयुक्त खानेकुरा खानुपर्छ ।

साथै दूध, दहीजस्ता क्याल्सियमयुक्त परिकारसमेत पर्याप्त मात्रामा सेवन गर्न आवश्यक छ । त्यस्तै, कार्बोहाइड्रेटयुक्त खाद्यान्न तथा आवश्यक मात्रामा चिल्लो खानेकुरा खान आवश्यक हुन्छ । घिउजन्य वस्तुले तौल बढाउन सक्ने भएकाले थोरै तर नियमित रूपमा सेवन गर्नुपर्छ । घिउजन्य पदार्थबाट अन्य खानेकुराभन्दा बढी क्यालोरी प्राप्त हुन्छ, जुन गर्भवतीका लागि आवश्यक छ ।

यसका साथै गर्भवतीले प्रशस्त मात्रामा मौसमी फलफूल तथा तरकारी खानुपर्छ । सम्पूर्ण खानेकुराको कम्तीमा पनि पाँच भागको एक भाग फलफूल वा तरकारी हुन आवश्यक छ । यसैगरी, गर्भवती महिलाले प्रशस्त मात्रामा पानी पिउनुपर्छ । जसले आमा र बच्चाको शरीरमा अक्सिजनको मात्रा सन्तुलन गर्दछ ।

गर्भावस्थामा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले ब्याक्टेरिया तथा भाइरसले सजिलै आक्रमण गर्ने सम्भावना रहन्छ । त्यसैले दैनिक प्रयोगमा ल्याउने खानेकुरामा ध्यान पु¥याउनुपर्छ । कतिपय मानिसले मेवा, भुइँकटहर, अंगुरजस्ता फलफूल हानिकारक हुने ठान्दछन् । तर, यो सत्य होइन ।

गर्भवतीले आवश्यक मात्रामा मौसमी फलफूल खानुपर्दछ । जुनसुकै खानेकुरा पनि पखालेर वा राम्ररी सफा गरेर मात्रै खानुपर्छ । यदि स्वस्थ खानेकुरा सेवन गर्ने हो भने अतिरिक्त भिटामिन लिनुपर्दैन । फोलिक एसिड भने अनिवार्य लिनुपर्छ । किनकि, यो स्वस्थ खानामा पनि पाउन सकिन्न ।

के  नखाने ?
कतिपय खानेकुरा गर्भावस्थामा खानु हुँदैन । यस्ता खानेकुराले नाजुक अवस्थामा नोक्सान पु-याउन सक्छ । योवेला चिकित्सकको सल्लाहअनुसार सीमित औषधि सेवन गर्नुपर्छ । आफैँले जथाभावी औषधि खाए गर्भमा रहेको भ्रूणमा नकारात्मक असर पर्छ ।

एन्टिबायोटिक, एन्टिपायरिटिक तथा पीडाबाट मुक्त हुन पनि निर्धारित औषधि तोकिएको हुन्छ ।
सजिलै ब्याक्टेरियाले आक्रमण गर्न सक्ने बजारमा राखिएका खानेकुरा खानु हुँदैन । फास्टफुड र ड्राइफुड सकेसम्म नखाऔँ । अल्कोहलजन्य पेयपदार्थ, चुरोट र सुर्तीजन्य वस्तुको सेवनले बच्चालाई हानि गर्दछ । यसबाहेक काँचो मासु र काँचो अन्डा पनि हानिकारक हुन्छ ।

तपाईको प्रतिक्रिया