Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – वापुस्तादेखि वृद्धसम्मले टाउको दुख्ने समस्याले हैरान भएको दुखेसो पोखिरहन्छन् ।

टाउको दुखेकै कारण आफ्नो दैनिक काम गर्न नसक्ने पनि धेरै छन् । कतिपय जति औषधि खाँदा पनि टाउको दुख्न कम नभएको दुखेसो गर्छन् । हाम्रो दैनिक अव्यवस्थित जीवनशैली, खानपान, धुवाँधुलो, तनाव, अनावश्यक सोचाइ इत्यादि कारणले टाउको दुख्ने समस्या भइरहन्छ ।

हामीले हाम्रो दैनिक जीवनशैली परिवर्तन ग-यौँ भने पक्कै पनि टाउकोदुखाइ कम हुन्छ । अव्यवस्थित जीवनशैली त्यागेर योग अभ्यासमा ध्यान दिएको खण्डमा टाउकोदुखाइको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

खाली पेटमा योगा गर्दा सबैभन्दा उत्तम हुन्छ । आफ्नो समयअनुसार बिहान, दिउँसो र बेलुका गर्दा हाम्रो शरीरलाई फाइदा पुग्छ ।

पहिले आफूलाई सजिलो हुने आसन छान्नुपर्छ । ता कि योग समयमा अरू केहीको परवाह नगरी आफ्नो ध्यान योगमा मात्र लगाउन सकियोस् । बस्न सहज र योग क्रियाका क्रममा कुनै अवरोध नहुने आसन रोज्नुपर्छ ।

शरीरलाई आरामसँग राख्नुपर्छ । योगका क्रममा शरीरलाई चलाउँदा शरीरका सबै अंग राम्रोसँग चलाउन सक्नुपर्छ ।

तपाईको प्रतिक्रिया