Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – ‘दूधलाई उमालेर खानुपर्छ । ताकि, यसमा भएका सूक्ष्म हानिकारक जीवाणु नष्ट हुन् ।’ यो सत्य हो । तर, दूधलाई पटक–पटक उमालेर खाँदा शरीरका लागि हानिसमेत हुन्छ । यी कुरामा ध्यान दिऔँ :

पौष्टिक तत्व नष्ट हुन्छ
दूधमा हाम्रो शरीरलाई चाहिने आवश्यक पोषक तत्व हुन्छ । यसमा क्याल्सियम, फोस्फोरस, प्रोटिन, भिटामिन बी–१२, भिटामिन एलगायतका स्वास्थ्यवद्र्धक तत्व पाइन्छ । दूधमा हड्डीदेखि दाँत बलियो बनाउनेसम्मका पोषण तत्व पाइन्छ । यदि दूधलाई बारम्बार उमालेर खाएका यी पौष्टिक तत्व नष्ट हुन्छन् ।


उमाल्ने समय यी कुरामा ध्यान दिऔँ
दूधमा भएको पोषक तत्व बचाइराख्न दूधलाई कम उमाल्नतर्फ ध्यान दिन त छँदै छ, यदि दूधलाई उमाल्नै प-यो भने पनि तीन मिनेटभन्दा बढी नउमाल्नुहोस् । उमाल्ने क्रममा डाडु आदि चिजले चलाइराख्न नछाड्नुहोस् ।

कम उमाल्नुहोस्
दूध उम्लेको केही क्षणमै चुलोबाट उतार्नुहोस् । एकपटक उमालेपछि फ्रिजमा राख्नुहोस् या एकपटक उमाल्नेबित्तिकै प्रयोगमा ल्याउनुहोस् ।

तपाईको प्रतिक्रिया