Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

आवश्यक न्यानो कपडा लगाइदिने
बच्चालाई चिसोबाट बचाउन न्यानो लुगा लगाइदिनुपर्छ । बच्चालाई न्यानो राख्ने नाममा धेरै बाक्लो लुगा पनि लगाइदिनु हुँदैन । अनावश्यक तरिकाले बाक्लो लुगा लगाउँदा पसिना आउँछ । सो पसिना शरीरमै सुक्ने भएकाले उनीहरूमा रुघा लाग्ने, निमोनिया हुने सम्भावना रहन्छ । अझ कपासको लुगाले त पसिना सोस्ने भएकाले बारम्बार चिसो भइरहन्छ ।

हिटर तथा आगो बाल्दा ध्यान दिने
बच्चालाई चिसोबाट बचाउन भनेर हिटर ताप्ने गरिन्छ । बन्द कोठामा हिटर बाल्दा कार्बनमोनोअक्साइड ग्यास उत्पन्न हुन्छ । यसले बच्चालाई मात्र नभएर ठूलै मानिसलाई समेत असर पार्छ । सुतेका वेला हिटर बालेकै कारण कोठामा अक्सिजन कम भएर मानिसको मृत्युसमेत हुन सक्छ । यससँगै, मट्टीतेल हिटर, ग्यास हिटर, कोइला आदि कोठामा बाल्दा सजग हुन आवश्यक छ ।

घाम तपाउने
बच्चालाई न्यानो राख्नमा सूर्यको तापको पनि जरुरत पर्छ । यसका लागि मध्याह्न १२ बजेभन्दा अघिको घाममा सुताउन उपयुक्त हुन्छ । घाम तपाउने क्रममा तोरीको तेल, नरिवलको तेल वा ओलिभ आयलको तेलले मालिस गरिदिन आवश्यक छ । कान, नाक, नाइटोमा तेल लागेमा संक्रमणको खतरा हुन्छ । यसर्थ, सजग होऔँ ।

सरसफाइमा ध्यान दिने
जाडोयाममा चिसो लाग्छ भनेर बच्चालाई धेरै दिनसम्म ननुहाई राख्ने गरेको पाइन्छ । यो सरासर गलत हो । बच्चामा लाग्ने कतिपय रोग सरसफाइको कमीका कारणसमेत लाग्ने गर्दछन् । त्यसैले, बच्चा र आमा दुवैको सरसफाइमा विशेष ध्यान दिनुपर्दछ । नियमित नुहाइदिएमा खटिराजन्य रोग र रुघाखोकीबाट बचाउन सकिन्छ ।

फलफूल तथा झोलिलो खानेकुरा प्रशस्त खुवाउने
जाडो मौसममा चिसोले भेट्ने डरले कतिपय अभिभावकले बालबालिकालाई फलफूल खुवाउन डराउने गरेको पाइन्छ । तातोपानीले पखालेर मौसमअनुसारका ताजा फलफूल खुवाएमा चिसोले भेट्दैन ।

तपाईको प्रतिक्रिया