Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – काठमाडौंको शंखमूल नजिकै रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । दिउँसो शंखमूल र बुद्धनगर बीचमा रहेको गौरीशंकर फर्निचर उद्योगमा आगलागी हुँदा उद्योगभित्र रहेका सम्पूर्ण सामग्री पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।

फर्निचर उद्योगका सञ्चालक राजु कार्कीका अनुसार आगलागीबाट ६ करोड बराबरको क्षति भएको छ । उहाँले उद्योगभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको जानकारी दिनुभयाे । आगलागीबाट कुनै मानवीय क्षति भने नभएको र भौतिक क्षतिको एकिन विवरण आउन बाँकी रहेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

आगलागी नियन्त्रणमा लिन झण्डै डेढ घण्टा लागेको थियो । आगो निभाउनका लागि काठमाडौँ महानगरपालिका र भक्तपुरका गरी १० वटा दमक प्रयोग गरिएको कामपा जुद्ध बारुण यन्त्र शाखा प्रमुख बद्री नगरकोटीले जानकारी दिनुभयाे । आगलागीको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

तपाईको प्रतिक्रिया