Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – भारतीय कम्पनी जिमएमआर (ग्रान्धी मालिकार्जुन राव)ले लाइसेन्स बेचेको ६ सय मेगावाटको माथिल्लो मर्स्याङ्दी जलविद्युत आयोजना नेपाली र चिनियाँ कम्पनीले बनाउने भएका छन् ।

बुटवल पावर कम्पनी र तीनवटा चिनियाँ कम्पनीले उक्त आयोजनाको सबै सेयर किन्ने सम्झौता गत वैशाखमा भएको थियो । आयोजनाका लागि जिएमआरले बनाएको हिमताल हाइड्रो पावर कम्पनीको सेयर बुटवल पावर कम्पनीले झन्डै २० प्रतिशत र बाँकी चिनियाँ कम्पनीले किन्ने भएका छन् । चिनियाँ कम्पनीहरू एससिआइजी इन्टरनेशनल, सिन्चेङ इन्टरनेशनल इन्भेष्टमेन्ट र क्युवाइइसी इन्टरनेशनल लिमिटेडसँग मिलेर आफूहरूले आयोजना बनाउन लागेको बुटवल पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले जानकारी दिनुभयाे ।

आयोजना विकास सम्झौताबारे बुधबार पनि कम्पनीका अधिकारीले लगानी बोर्डसँग अनौपचारिक कुरा गरेको बोर्डका सिईओ महाप्रसाद अधिकारीले जानकारी दिनुभयाे । सेयर आफूहरूको नाममा आउनासाथ काम सुरू गरिहाल्ने भएकाले लगानी बोर्डसँग कुराकानी गरेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठकाे भनाइ छ । १० वर्षअघि सरकारले आयोजनाको अध्ययन गर्न जिएमआरलाई अनुमति दिएको थियो । विस्तृत आयोजना प्रतिवेदन बनाइसकेपछि जिएमआर माथिल्लो मर्स्यांङ्दी बेचेको हो ।

तपाईको प्रतिक्रिया