Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

१ दाँतको मात्र ब्रस नगरौँ
दाँतलाई मजबुत र सेतो बनाउन कम्तीमा दिनको दुईपटक ब्रस गर्नुपर्दछ । यसमा पनि राति सुत्नुभन्दा ठीक अघि ब्रस गर्नुहोस् । सकभर खाना खाएपछि । ब्रस गर्दा खाली दाँतको मात्र नभएर पूरै मुख सफा हुने गरी गर्नुपर्छ । जिब्रोदेखि गिजासम्मको सफाइ गर्नुहोस् । ताकि, खाएको खानेकुरा मुखको कुनै पनि कुनामा बाँकी नरहोस् ।
२ अन्य रोग लाग्नबाट बचौँ
ओरल हेल्थको असर तपाईंको पूरै शरीरमा पर्छ । यदि तपाईं दाँत सफा राख्नुहुन्न भने मुखको रोग मात्र नभएर अन्य रोगसमेत लाग्न सक्छ । अनुसन्धानकर्ताहरूका अनुसार मुखमा भएका कीटाणु र गिजाको रोगका कारण हृदयरोग तथा अल्जाइमर हुने खतरा हुन्छ । मुखको नसा सीधै हृदय र दिमागमा जोडिन्छ । तसर्थ, ठूला रोगबाट बच्न चाँडो–चाँडो दाँतको सफाइ गर्नुहोस् । यसका लागि नियमित रूपमा डाक्टरकहाँ जानुहोस् । महिनौँसम्म दाँतको सफाइ नगर्ने हो भने यसको सेतोपनसमेत बिग्रन सक्छ । घरमा नियमित ब्रस गरेर मात्र हुँदैन । प्रोफेसनल डेन्टिस्टकहाँ पनि जान जरुरी छ । डाक्टरहरूसँग यस्ता उपकरण हुन्छ, जसले ब्रस नपुग्ने ठाउँमा पनि सफाइ गर्न सक्छन् । ब्याक्टेरिया मारिदिन सक्छन् ।
३ब्रस गरेपछि कुल्ला नगर्नुस्
साधारणतया हामी सबै ब्रस गरिसकेपछि पानीले मुखको सफाइ अर्थात् कुल्ला गछौँ । दन्तचिकित्सकका अनुसार यस्तो गर्नु दाँतको स्वास्थ्यका लागि ठीक होइन । योभन्दा बरु कम टुथपेस्ट प्रयोग गर्ने, कुल्ला नगर्ने । यसो गर्दा टुथपेस्टमा भएको पदार्थले मुखमा रहेका कीटाणुलाई मारिदिन्छ । तर, माउथवासपछि कुल्ला गर्दा केही  फरक पर्दैन ।
४सुगरजन्य पदार्थ नखाऔँ
जुन पेयपदार्थमा सुगरको मात्रा बढी हुन्छ, तिनले दाँतलाई असर गर्छन् । यतिसम्म कि सुुगरफ्री ड्रिंक्समा समेत सोडा तथा अन्य फिँज आउने पदार्थ हुन्छ । यसले दाँतमा क्याबिटीको खतरा हुन्छ । फिँज आउने पेयपदार्थमा बढी मात्रामा कार्बोनिक एसिड हुन्छ । यसले दाँतको आवरण भागमा
नोक्सान पु-याउँछ ।
५मादकपदार्थबाट टाढा
दिनहुँ अल्कोहलजन्य पदार्थ सेवन गर्दा मानसिक तथा मनोवैज्ञानिक स्वास्थ्यमा असर गर्छ । यसका नकारात्मक कुरा अझ धेरै छन् । एउटा अध्ययनअनुसार मादकपदार्थ सेवन गर्दा क्याबिटी र गिजाको रोग लाग्ने सम्भावना बढी हुन्छ । अझ, यदि तपाईं राति रक्सी पिएर सुत्नुहुन्छ भने त यसले दाँतमा झनै खराबी गर्छ । सो समयमा रक्सीका कारण झनै ब्याक्टेरिया सक्रिय हुन्छन् ।
६नियमित चेकअप
जबसम्म हाम्रो दाँत दुख्दैन, क्याबिटी हुँदैन, तबसम्म हाम्रो डेन्टिस्टकहाँ नजाने बानी हुन्छ । यो सरासर गलत हो । हामी सकभर गम्भीर रोग लाग्नुभन्दा अघि नै डाक्टरकोमा जानुपर्छ । यदि तपाईंलाई दाँतसम्बन्धी गम्भीर रोग नै लागेको भए पनि नियमित चेकअपमा गएको खण्डमा समयमै ठीक हुन्छ ।

तपाईको प्रतिक्रिया