काठमाडाैं – नेपाली बजारमा बिहिबार छापावाल सुनको भाउ रु १०० ले बढेको छ ।
बुधबार ५८ हजार ३०० मा कारोबार भएको सुन बिहिबार तोलामा ५८ हजार ४०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै बिहिबार तेजावी सुन ५८ हजार १०० मा कारोबार भइरहेको छ ।
चाँदी भने आज रु ७२० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।