शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – बिगत ६ महिना देखि आँखाको क्यान्सरबाट पीडित म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका – २ लम्सुङका ८ बर्षिय बालक नजिन बिकको उपचारार्थ जापानबाट ६१ हजार १ सय २३ रुपैयाँ सहयोग प्राप्त भएको छ ।

आर्थिक अबस्था अति कमजोर भएको र आँखाको शल्यक्रियामा ठुलो रकम खर्च लाग्ने भनी पिडितका बुवा प्रेम बहादुर बिकले आर्थिक सहयोगको लागि सबै देश बिदेशमा रहेका नेपालीमा अपिल गरेपछि सिन्धुपाल्चोककी सामाजिक अभियान्ता बबिता योन्जनले “नजिन बचाउ अभियान” संचालन गर्नुभएको थियो ।

म्याग्दीकै अर्का अभियान्ता आशिष परियार“झिल्के”ले पिडित नजिनको अबस्थाको बारेमा बाग्लुङ नगरपालिका ५ मालिका बान्द्रे घर भै हाल जापानमा ब्यवसाय तथा समाजसेवा गर्दै आउनुभएका गुरु प्रसाद सापकोटालाई भनेपछि मालिका समाज जापानका अध्यक्ष समेत रहनुभएका सापकोटाको सक्रियतामा “नजिन बिक बचाउ अभियान” फेसबुक ग्रुप संचालन भएको थियो ।

सोही ग्रुपमार्फत जापानमा कार्यरत नेपालीहरुबाट रकम संकलन गरि संकलित रकम अभियान्ता बबिता योन्जनको नाममा पठाइएको छ । पीडित नजिनको उपचार नेपाल क्यान्सर अस्पताल ललितपुरमा भैरहेको छ भने पहिलो चरणको सल्यक्रिया सफल भएको छ ।

नजिनको आँखा करिब ४  ईन्च बाहिर निस्केको र मान्छेहरुले हेर्न पनि डराउथे ।

तपाईको प्रतिक्रिया