Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – सरकारले एक महिनाको अवधिमा हवाईजहाज र अन्य सामग्री खरिद गर्न नेपाली सेनालाई ३ अर्ब रुपैयाँभन्दा बढी रकम निकासा गरेको छ । अर्थ मन्त्रालयका अनुसार गत कात्तिक महिनामा सेनालाई ‘फिक्स्ड विङ’ जहाज खरिद रकम भुक्तानी गर्नका लागि ५९ करोड रुपैयाँ र ‘७ं६२ मिलिमिटर नयाँ एम्युनिसन उत्पादन प्लान्ट’ खरिद गर्न २ अर्ब ४५ करोड ५० लाख रुपैयाँ गरी कूल ३ अर्ब ४ करोड ५० लाख रुपैयाँ निकासा गरिएको छ ।

त्यसैगरी अर्थले कात्तिक महिनामा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रलाई १ अर्ब ६६ करोड ८५ लाख ४१ हजार रुपैयाँ र राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिलाई १ अर्ब ४६ करोड २६ लाख २५ हजार रुपैयाँ निकासा गरेको छ ।

तीबाहेक राष्ट्रिय महिला आयोगका पदाधिकारी र सचिवका लागि ६ थान गाडी खरिद गर्न ३ करोड, विशेष भवन निर्माण तथा सम्भार डिभिजनलाई २ करोड ४२ लाख २५ हजार, आदिवासी-जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई २ करोड, अर्थ मन्त्रालयलाई ३५ लाख ७७ हजार, वन तथा वातावरण मन्त्रालयलाई ६५ लाख ८१ हजार ६ सय ८, रक्षा मन्त्रालयलाई १३ लाख र ऋण असुली न्यायाधीकरणलाई १० लाख रुपैयाँ निकासा गरिएको छ ।

तपाईको प्रतिक्रिया