Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – सकारात्मक सोचको विकास गरौँ । बिहान उठ्नेबित्तिकै आजको दिन सकारात्मक तवरले बिताउनेछु भन्ने संकल्प गरौँ ।
आफ्नो करिअर, परिवारको जिम्मेवारी, कामको बोझ, बढी महत्वाकांक्षाजस्ता विषयले हुने तनाव भगाऔँ ।
मानिस पूर्ण रूपमा स्वस्थ रहनका लागि मोटोपनबाट बच्न जरुरी छ ।
नियमित दिनचर्याको ख्याल गरौँ । खाने–बस्ने, सुत्ने–उठ्नेजस्ता कुरामा सकभर एकरूपता दिऔँ । आफूले गर्ने कामको समय निश्चित गरौँ ।
शारीरिकसँगै मानसिक तवरले समेत स्वस्थ रहन नियमित व्यायाम गरौँ ।
हरेक मानिसले कम्तीमा पाँचदेखि आठ घन्टा पूरा निद्रा लिन जरुरी छ । यदि आवश्यक निद्रा पुगेन भने दिनभरि तनाव हुनुका साथै शारीरिक समस्या देखा पर्न सक्छ ।
हरेक दिन बिहान नास्ता खाने बानीको विकास गरौँ । यसले दिनभरि ऊर्जा दिन्छ ।
ध्यान गरौँ । ध्यान गर्दा दिमाग तेजिलो हुन्छ । ध्यान एक साधारण तर शक्तिशाली प्रविधि हो, जसले तपाईंको मस्तिष्कलाई शान्त र स्थिर राख्न मद्दत गर्छ ।
नियमित स्वास्थ्य परीक्षण गर्नुहोस् । जसले कुनै पनि समस्याको लक्षण देखिनुअघि नै सचेत गराउँछ । यसरी सधैँ स्वस्थ रहन सकिन्छ ।

तपाईको प्रतिक्रिया