Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले ३४ करोड ३९ लाख अमेरिकी डलर (करिब ३९.३२ अर्ब रुपैयाँ) ऋण तथा अनुदान सहयोगस्वरुप नेपाललाई उपलब्ध गराउने भएको छ । दुई वटा विकास परियोजना सञ्चालनमा उक्त रकम खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

एडिबीले उक्त रकममध्ये १८ करोड अमेरिकी डलर दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग अन्तर्गत राजमार्ग स्तरोन्नति परियोजनाको लागि उपलब्ध गराउने छ । यो रकम एडिबीले सहुलियतपूर्ण ऋणको रुपमा नेपाललाई उपलब्ध गराउने छ । एडिबीले सहयोग गर्ने दोस्रो परियोजना हो- प्रकोपबाट भत्तेका विद्यालयको पुनर्निर्माण । यो परियोजनालाई एडिबीले १६ करोड ३९ लाख  अमेरिकी डलर उपलब्ध गराउने छ, जसमध्ये १४ करोड ८९ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण र १ करोड ५० लाख अमेरिकी डलर अनुदान सहयोग स्वरुप उपलब्ध गराउने छ ।

राजमार्गको स्तरोन्नति गर्न दिइएको रकम कञ्चनपुर र कमलाको बीचमा पर्ने पूर्व-पश्चिम राजमार्गको ८७ किलोमिटर सडकको मर्मत संहार तथा विस्तारमा खर्च गरिने अर्थ मन्त्रालयद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ । उक्त सहयोग नेपाललाई उपलब्ध गराउने सम्बन्धी सम्झौतामा मंगलबार अर्थ मन्त्रालयका पदाधिकारी र एडिबीको पदाधिकारीबीच हस्ताक्षर भएको थियो । सम्झौतापत्रमा नेपालको तर्फबाट अर्थ मन्त्रालयका सचिव राजन खनाल र एडिबीको तर्फबाट नेपालको लागि कन्ट्री डाइरेक्टर मुख्तोर खामुदखानोभले हस्ताक्षर गरेका थिए ।

तपाईको प्रतिक्रिया