Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं –  छालामा सुक्खापन हटाउन र फुटेको छाला चाँडै ठीक पार्न नियमित मोस्चराइजर गर्नुपर्छ ।
-हातमा रासायनिक औषधिको सट्टा प्राकृतिक वस्तु प्रयोग गर्नुपर्छ ।
-ग्लिसिरिन र गुलाबजलको मिश्रणलाई बोतलमा भरेर फ्रिजमा राख्नुहोस्, कुनै काम गर्नुअघि यो मिश्रणलाई हातमा मसाज गर्नुहोस् ।


-दूध र सुन्तलाको रससँग मह मिसाएर सुक्खा वा फुटेको छालामा लगाउन मोस्चराइचर बनाउन सकिन्छ । यसको प्रयोगले छालामा भएको पानी सोस्ने ब्याक्टेरिया हटाएर त्यहाँको सुक्खापन कम गर्दछ ।
-विशेषगरी जाडोयाममा पानीको कमीका कारण सुक्खापन आउने भएकाले दैनिक रूपमा सात–आठ गिलास पानी पिउनु आवश्यक हुन्छ ।
-हात धुन मोस्चराइजरयुक्त साबुन प्रयोग गर्नुहोस्, जसले हात सुक्खा हुन र फुट्नबाट बचाउँछ । साबुन किन्दा सधैँ ओलिभ आयल प्रयोग गरे÷नगरेको ख्याल गर्नुहोस् ।
-हरेक बिहान तातोपानीमा दुई चम्चा मह र कागती मिसाएर खाँदा शरीर स्वस्थ हुन्छ ।

तपाईको प्रतिक्रिया