Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – सरकारले जथाभावी एन्टिबायोटिक औषधिको प्रयोग नगर्न सचेत गराएको छ । विश्व एन्टिवायोटिक्स सचेतना सप्ताहको सन्दर्भमा अाज आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले जथाभावी एन्टिवायोटिक औषधि प्रयोग नगर्न आग्रह गर्नुभएकाे हाे ।

उहाँले आगामी दिनमा यस सम्बन्धी सचेतना कार्यक्रमलाई राष्ट्रिय कार्ययोजनाका साथ अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयाे । उहाँले विज्ञको परामर्श बिना नै एन्टिबायोटिक औषधी सेवनको गति दैनिक बढ्दै गएको अवस्थामा सरकार एक्लैको प्रयास प्रभावकारी हुन नसक्ने भएकाले सबै वर्ग र तहबाट ऐक्यवद्धता आवश्यक रहेको बताउनुभयाे । यस वर्षको विश्व एन्टिबायोटिक्स सचेतना सप्ताहको नारा ‘एन्टिबायोटिक्स प्रयोग गर्नु अघि सोचौं । चिकित्सक (स्वास्थ्यकर्मी)को सल्लाहमा मात्र एन्टिवायोटिक्सको प्रयोग गरौं। यसको दुरुपयोगले हामी सबैलाई जोखिममा पार्छ’ रहेको छ ।

वैज्ञानिक एलेक्ण्डर फ्लेमिङ्खले सन् १९२८ मा एक प्रकारको ढुसीबाट पेनिसिलिन नाम गरेको एन्टिवायोटिक्स औषधि पत्ता लगाएका थिए । तर १९४० को दशकको सुरुवातबाट मात्रै पेनिसिलिन व्यवसायिक रुपमा बजारमा आएको थियो । तर पछिल्लो दुई दशकदेखि एन्टिवायोटिक्स औषधिहरु कम प्रभावकारी हुँदै गईरहेको अध्ययनहरुले देखाएका छन् । साथै विज्ञको सल्लाह बिना औषधी सेवन गर्ने क्रम पनि बढ्दै गएको छ ।

तपाईको प्रतिक्रिया