Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडाैं –  सरकारले करदातालाई प्रोत्साहन गर्न विभिन्न विद्यामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले सातौँ राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजश्व विभागले आज आयोजना गरेको कार्यक्रममा विभिन्न १५ विधाका उत्कृष्ट करदातालाई सम्मान गर्नुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

बहुर्राष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालि सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा सम्मानित भएको छ । यसअघि पनि दुई पटकसम्म सूर्य नेपाल सबैभन्दा बढी कर तिर्ने कम्पनीको सूचीमा थियो । यस्तै व्यक्तिगत आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा सिद्धार्थ शमशेर जबरा सम्मानित हुनुभयो । सबैभन्दा बढी आयकर तिर्ने करदाताका रुपमा विगत पाँच वर्षदेखि उहाँ सम्मानित हुँदै आउनुभएको छ । उहाँ होटल, ट्रेडिङ, ट्राभललगायत विभिन्न क्षेत्रमा काम गर्र्दै आउनुभएको छ ।

कर दिवसको अवसरमा निर्यातकर्तातर्फ डाबर नेपाल, उद्योग क्षेत्रतर्फ हिमाल पावर लिमिटेड, कृषि तथा पशुपक्षी क्षेत्रतर्फ प्रोवायोटिक उद्योग तथा सहकारीतर्फ छिमेकी लघुवित्त उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । यस्तै बैंक वित्तिय संस्थातर्फ नबिल बैंक, बीमामध्येबाट नेपाल पुनर्विमा कम्पनी, स्वास्थ्य शिक्षातर्फ नोबल मेडिकल कलेज, सूचना तथा प्रविधि सेवातर्फ एफवान सफ्ट इन्टरनेशनल प्रालि र पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल उत्कृष्ट करदाता घोषित भएका छन् ।

व्यापार व्यवसायतर्फ सिप्रदी ट्रेडिङ प्रालि तथा ४० करोड कारोवार भएका मध्येबाट नेपाल इन्भेष्टमेन्ट प्रालि, वार्षिक ४० देखि ८० करोड कारोवार गर्ने मध्येबाट नेपाल धितोपत्र विनिमय बजार लिमिटेड र विगत १० वर्षदेखि नियमित र समयमै कर बुझाउने घोराही सिमेन्ट प्रालिलाई समेत सम्मान गरिएको छ । कार्यक्रममा उत्कृष्ट कर्मचारी तथा विभिन्न प्रतियोगितात्मक कार्यक्रमका विजेतालाई पुरस्कृत गरिएको थियो ।

तपाईको प्रतिक्रिया