Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – अधिकांश मानिस कलेजोमा लाग्ने सिरोसिस रोगबाट पीडित भएको पाइन्छ। यो समस्या अत्यधिक अल्कोहल सेवनबाट हुन्छ । कलेजोको काम सामान्यतया क्षतिग्रस्त कोषिकालाई बनाउनु हो । तर, कतिपय अबस्थामा निरन्तर हुने कोषिकाको क्षतिले गर्दा कलेजो कहिल्यै निको नहुने अबस्था पनि आउन सक्छ ।

सामान्यतया कलेजोमा समस्या आउँदा हामीले ध्यान दिएका हुँदैनौँ । थकान महसुस हुनु, अत्यधिक भोक लाग्नु कलेजो रोगको प्रारम्भिक लक्षण हुन् । सामान्यतया सुक्खापनले छाला चिलाउने गर्दछ। तर, सिरोसिसका कारण कलेजोले उत्पादन गर्ने पित रगतमा आउने हुँदा छाला चिलाउन सुरु गर्छ ।

त्यस्तै छालामा गिर्खा देखिनु, सानो चोट लाग्दा पनि धेरै रगत बग्नु, श्वास गनाउनु, अनुहारमा दाग आउनु पनि कलेजो रोगको लक्षण हुन् ।

तपाईको प्रतिक्रिया