Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – अब दसैंबाहेक अन्य चाडपर्वको बेलामा पनि नयाँ नोट साट्न पाइने भएकाे छ । नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै दसैं बाहेक अन्य पर्वमा पनि नयाँ नाेट साट्ने पाइने व्यवस्था गरिएकाे जनाएकाे हाे ।

नव वर्ष, उभौली, बुद्ध जयन्ती, गौरा पर्व, इन्द्रजात्रा, छठ, संविधान दिवस लगायतका राष्ट्रिय चाडपर्व तथा राष्ट्रिय दिवसहरुमा पनि नयाँ नोट साट्न सक्ने व्यवस्था गरिएकाे राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले मुद्रा व्यवस्था विभाग थापाथली तथा बैंकको उपत्यका बाहिरका शाखा कार्यालयहरु विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी कार्यालयबाट साट्न सकिने छ ।

तपाईको प्रतिक्रिया