Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – यस वर्षको तिहारमा बजारमा फूलको मूल्य सस्तो भएको छ । तिहारका लागि फूल खरिद गर्न काठमाडौंको असन, न्युरोड र इन्द्रचोक पुगेका सर्वसाधारणले फूल गत वर्षको भन्दा धेरै सस्तोमा पाइएको बताएका हुन् ।

उनीहरुले भारतबाट अत्याधिक फूलको आयात भएकाले पनि नेपाली बजारमा फूलको मूल्य ह्वात्तै घटेको दाबी गरे । काठमाडौंका यादवेन्द्र श्रेष्ठले गत वर्षभन्दा यसपटक फूल धेरै सस्तोमा खरिद गर्न पाइएको बताउनुभयाे ।

यता, व्यापारीहरुले भने भारतबाट अत्याधिक मात्रामा फूल भित्रिएकाले यस वर्षको तिहारमा फूलको व्यापार घट्न गएको बताएका छन् । काभ्रे कोशीपारिका व्यापारी राजेश्वर गौतमले गत वर्ष ४ हजारमा बेचिएको फूल यस वर्ष २ सय रुपैयाँमा पनि बिक्री हुन नसकेको गुनासो गर्नुभयाे । नेपालमा यस वर्ष फूलको उत्पादन धेरै भएकाले पनि यसको मूल्य घट्न गएको केही व्यवसायीको बुझाइ छ ।

काभ्रे पाँचखालका फूल व्यवसायी सरोज कारिदासले नेपालमै उत्पादन बढेका कारण पनि फूलको मूल्यमा कमी आएको बताउनुभयाे । तिहारलाई फूलको पर्वको रुपमा पनि लिइन्छ । तर, यस वर्षको तिहारमा धेरै उत्पादन भएका कारण सस्तोमा फूलको व्यापार गर्नुपरेको व्यवसायीहरुको भनाइ छ । तिहारमा सयपत्री, गोदावरी र मखमली फूलको प्रयोग गर्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया