Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – राजधानीमा केही समयदेखि नक्कली सुन देखाई ठगी गर्ने गिरोह सक्रिय भएको खुल्न आएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले सोमबार नक्कली सुन देखाई ठगी गर्ने तीन जनलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धादिङ जिल्ला गजुरी गाउँपालिका २४ वर्षीय राजेन्द्र तामाङ, सिन्धुपाल्चोक ३५ वर्षीय राजु लामा र काभ्रेको रोशी गाउँपालिका ३ का राजकुमार तामाङ रहेका रहेका छन् । उनीहरुले विभिन्न व्यक्तिलाई बजार भाउभन्दा निकै नै सस्तोमा सुन दिने भन्दै बिक्री गरी ठगी गरिरहेको अवस्थामा भक्तपुर चाँगुनारायणबाट पक्राउ गरिएको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जानकारी दिनुभयाे । एसपी उप्रेतीले भन्नुभयाे । ‘उनीहरुको धन्दा नै नक्कली सुन देखाएर मानिस लुट्ने रहेको देखिएको छ ।’

उनीहरुले एक किलो सुन ३५ लाखसम्म बेच्ने गरेको खुलेको छ । बजारमा एक किलो सुनको मूल्य ४५ लाख रुपैयाँदेखि ५० लाखसम्म पर्न आउँछ । उनीहरुको साथबाट सुन जस्तै देखिने धातुको एकथान बिस्कुट बरामद गरिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया