Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाश प्राप्त सहायक वन अधिकृत बिनोद कुमार सिंह विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अनुसन्धानको क्रममा सिंहले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पद तथा अधिकारको दुरुपयोग गरी झण्डै दुई करोड रुपैयाँ आय आर्जन गरेको अख्तियारले दाबी गरेको छ ।

उनले सार्वजनिक पद धारण गरेको मिति २०४३।११।१३ गते देखि जाँच अवधिसम्म उनी र उनको परिवारका सदस्यहरूको चल अचल सम्पत्ति सिर्जना एवं शेयर लगानी, बिमा, बैङ्क मौज्दात, लगायतका शीर्षकहरुमा समेत गरी तीन करोड ५१ लाख ८२ हजार ६ सय ४४ रुपैयाँ ५१ पैसा आर्जन गरेकोमा एक करोड ९१ लाख ६१ हजार ६ सय २५ रुपैयाँ ६८ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको हो । सेवा अवधीमा सिंहकाे वैध आय १ कराेड ६० लाख २१ हजार १८ रुपैयाँ ८३ पैसा मात्रै रहेकाे अख्तियारले जनाएकाे छ । अख्तियारले सिंह उपर विगो एक करोड ९१ लाख ६१ हजार ६ सय २५ रुपैयाँ ६८ पैसा माग दाबीसहित विशेष अदालतमा आरोप पत्र दायर गरेको छ ।

यस्तै, निज सार्वजनिक सेवाको पदमा रहेर गैरकानूनी रुपमा आर्जन गरी, स्रोत पुष्टि हुन नसकेको सम्पत्तिहरू निजको श्रीमती गीतादेवी सिंह, छोराहरु अनुप कुमार सिंह र अचल कुमार सिंहको नाममा राखेको देखिएको हुँदा सो चल अचल सम्पत्तिहरू जफत गर्ने प्रयोजनको लागि निजहरु गीतादेवी सिंह, छोराहरु अनुप कुमार सिंह र अचल कुमार सिंहलाई समेत प्रतिवादी कायम गरी विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

तपाईको प्रतिक्रिया