Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – मानसिक स्वास्थ्यको क्षेत्रमा काम गरिरहेका विज्ञहरुले बालबालिका र किशोर किशोरीको मानसिक स्वास्थ्यको क्षेत्रमा लगानी बढाउन सरकारलाई सुझाव दिएका छन् ।

बालबालिका र किशोर किशोरीको मानसिक रोग सम्बन्धी राजधानीमा भएको २ दिने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी विज्ञहरुले बालबालिका र किशोर किशोरीको मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी लगानी गर्न सुझाव दिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने संस्थाको सहभागितामा भएको सम्मेलनले ११ बुँदे घोषणपत्र जारी गर्दै मानसिक स्वास्थ्यको विविध पक्षलाई प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएको हो ।

नेपालमा पहिलो पटक भएको अन्तर्राष्ट्रिय सम्मेलनमा स्वदेशी र विदेशी गरी २ सय १७ जना विशेषज्ञहरुको सहभागिता थियो । सम्मेलनमा बालबालिका र किशोर किशोरीको मानसिक स्वास्थ्यको समस्याका सम्बन्धमा गरिएको अनुसन्धानमुलक कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।

तपाईको प्रतिक्रिया