Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं –  स्याम्पु लगाएर मात्र कपाल सुन्दर हुदैन। स्याम्पु किन्दा त्यसको गुणस्तरमा ध्यानदिनुपर्छ। गुणस्तर भएको स्याम्पु प्रयोग गर्दा कपाललाई निकै फाइदा हुन्छ। स्याम्पुको सही प्रयोगबाट मात्र कपाल स्वस्थ राख्न सकिन्छ।स्याम्पु गरिसकेपछि केही समय राखेर मात्र पखाल्नुपर्छ। हतारमा कपालमा स्याम्पु लगाउनु हुँदैन।

हतारमा लगाएको स्याम्पु राम्रोसँग नपखालिन सक्छ। यसो गर्दा कपाल झर्ने वा टुक्रिने समस्या आउने विज्ञहरु बताउँछन्। कपालमा धेरै मात्रामा स्याम्पु लगाउनु हुँदैन। कपालको मात्राअनुसार स्याम्पु लगाउनुपर्छ।

पातलो कपाल छ भने कम र बाकलो कपाल छ भने अलि बढी स्याम्पु लगाउनुपर्छ।धेरै स्याम्पुको प्रयोगबाट कपाल राम्रो हुन्छ भन्ने बुझाइ गलत हो। स्याम्पु किन्दा जति सजक हुनुपर्छ, कपालमा लगाउँदा पनि विशेष सावधानी अपनाउनुपर्छ।हामीले सही तरिकाले कपालमा स्याम्पु लगाउन सकेनौ भने स्याम्पुले फाइदाभन्दा वेफाइदा गर्छ।

जसको परिणाम कपाल झर्ने मात्र नभइ चाया पर्नुका साथै कपाल कमजोर हुन्छ।

कपालमा स्याम्पु लगाउँदा ध्यान दिनुपर्ने कुराहरु

– कपालमा ठीक मात्रामा स्याम्पु लगाउनुपर्छ। कपालको बाकलोपना र लम्बाईअनुसार स्याम्पु लगाउनु पर्दछ।

– हतारमा कपालामा स्याम्पु लगाउनु हुँदैन। उचित तरिकाले सफा गरिएन भने कपाल झर्ने समस्या सुरु हुन्छ।

– स्याम्पु लगाइसकेपछि बल प्रयोग गरी कपाल माड्नु हुँदैन। यसो गर्दा कपाल कमजोर हुने र झर्ने समस्या हुन्छ। औँलाको सहायताले विस्तारै स्याम्पु लगाउनुपर्छ।

– स्याम्पुलाई हातमा राखेर कपालमा लगाउनुपर्छ। टाउकोमा एउटै ठाउँमा स्याम्पु राखेर कपालमा लगाउँदा कपाल रुखो हुनेगर्छ।

– स्याम्पु मनतातो पानीको साथमा लगाउन सकिन्छ।धेरै तातो पानी भने प्रयोग गर्नुहुँदैन।

– कपाललाई राम्रोसँग भिजाएर मात्र स्याम्पु लगाउनुपर्छ।

– स्याम्पु टाउकोको पछाडीबाट लगाउँदै आगाडीतर्फ लगाउनुपर्छ।

तपाईको प्रतिक्रिया