Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – नेपाल पर्यटन बोर्डले खप्तड क्षेत्रको विकासका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ । पर्यटन बोर्डको बैठकले खप्तड क्षेत्रको विकासका लागि ५ करोड रुपैयाँ छुट्याएको पर्यटन बोर्डका सदस्य कृष्णबहादुर महराले बताउनुभयो ।

उहाँका अनुसार पर्यटकहरुको सुविधाका लागि डोटीको धिग्रानामा रहेको बीचपानीमा २० जनाका लागि र खप्तड मुख्यालयमा १ सय जना अट्ने भवन तथा खाना खानका लागि भान्सा घर निर्माण गरिनेछ । बीचपानी र खप्तड मुख्यालयमा बास बस्ने तथा खाना खाने व्यवस्था नभएका कारण पर्यटकहरुले सास्ती खेप्नु परिरहेकोले बास बस्ने घर र भान्सा घर निर्माण गर्न लागिएको उहाँले बताउनुभयाे ।

पर्यटन बोर्डका सदस्य महराका अनुसार स्थानीय काठबाट भवन निर्माण गरिनेछ । भवनको छानो भने टिनको रहनेछ । गएको वर्ष २० हजार आन्तरिक पर्यटकले भ्रमण गरेको खप्तडमा गासबासको उचित व्यवस्था भए आउँदो वर्ष ५० हजारभन्दा बढीले भ्रमण गर्ने पर्यटन बोर्डका सदस्य महराको दाबी छ ।

तपाईको प्रतिक्रिया