Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

पोखरा । यस वर्षको तिहारमा पोखरामा २ करोड ५० लाख रुपैयाँ बराबरको फूल आवश्यक पर्ने भएको छ । पोखरा र लेखनाथसहित नजिकका क्षेत्रमा यी फूलहरु खपत हुने अनुमान गरिएको छ । तिहारका लागि सयपत्री, मखमली र गोदावरी फूलको जोहो गर्न शुरु गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपाल कास्कीले जनाएको छ ।

फूलका लागि पोखरा आत्मनिर्भर बन्न सकेको छैन । पोखरामा तिहारको ८० प्रतिशत फूलको माग स्थानीय उत्पादनले धान्छ । बाँकी २० प्रतिशत भारतबाट आयात हुने नेपाल फ्लोरिकल्चर एशोसिएशन कास्कीका निवर्तमान अध्यक्ष दयाकुमार द्वाले जानकारी दिनुभयाे । उहाँका अनुसार तिहारमा पुष्प ब्यवसायीले ५० लाख बराबरको फूल बेच्छन् भने सिजनल व्यापारीले २ करोड रुपैयाँ भन्दा बढीको बेच्ने गरेका छन् ।

नेपाली फूल केही महंगो हुने भएकाले भारतबाट आयातीत नै बढी प्रयोग गरे भारतबाट फूलको आयात बढ्नसक्ने उहाँले बताउनुभयाे । यसैबीच, हिन्दू नेपालीको दोस्रो ठूलो चाड तिहारको अवसरमा पोखरामा भोलिदेखी फूलको मेला लाग्ने भएको छ । फ्लोरिकल्चर एशोसिएशन नेपाल कास्की शाखाको आयोजनामा भोलिदेखि पोखरामा प्रथम गण्डकी प्रदेश स्तरीय तथा चौथो पश्चिमाञ्चल गोदावरी प्रदर्शनी एवम् व्यापार मेला २०७५ हुने भएको हो । कात्तिक १९ गतेसम्म सञ्चालन हुने मेला पोखरा सभागृहचोकस्थित पोखरा सभागृह हल प्राङ्गणमा हुने फ्लोरिकल्चर एशोसियसन नेपाल कास्की शाखाले जनाएको छ ।

मेलामा करिब ४ सय ५० प्रजातिका फूलहरु प्रदर्शनीमा राखिने फ्लोरिकल्चर एशोसिएशन नेपाल कास्की शाखाका निवर्तमान अध्यक्ष दयाकुमार द्वाले जानकारी दिनुभयाे । उहाँका अनुसार मेलामा गोदावरी मुख्य आकर्षणको रुपमा रहनेछ भने तिहारे फूल (सयपत्री), सिजनल फूलहरु, सुनगाभा, विभिन्न वनस्पती, परम्परागत विरुवा, बोन्साईका विरुवा, कट्फ्लावरलगायतका फूलहरुको प्रर्दशनी रहनेछन् ।

तपाईको प्रतिक्रिया