Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – प्रहरीले १७ लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड चोरी गर्ने एक युवकलाई पक्राउ गरेको छ । असोज २३ गते नेपाल टेलिकमको रिचार्ज कार्ड चोरी भएको थियो । होलसेलमा बेच्नका लागि दाङ लैजाँदै गर्दा पुनले सार्वजनिक यातायातबाटै कार्ड चोरी गरेका थिए ।

दाङ प्रहरीले कार्ड चोरी गर्ने रोल्पा माडी गाउँपालिका वडा नम्बर १ बस्ने २१ वर्षीय दलबहादुर पुनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी कृष्णहरि शर्माले जानकारी दिनुभयाे । पुन कार्ड चोरी गरी रोल्पा थवाङ गाउँपालिका क्षेत्रमा बिक्री गरिरहेको अवस्थामा मंगलबार पक्राउ परेका हुन् । चोरी भएका कार्ड प्युठान स्वर्गद्वारी नगरपालिकास्थित पुनको ससुराली घरमा फेला पारिएको एसपी शर्माले जानकारी दिनुभयाे ।

पुनले ५० दरका सात हजार ६०० थान, १०० दरका १० हजार ५०० थान र ५०० दरका ३६० थान रिचार्ज कार्ड चोरी गरेको प्रहरीले जनाएको छ । पुनमाथि चोरी अभियोगमा अदालबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया