Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – स्वदेशी लगानीमै निर्माणाधीन दोलखास्थित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा दोलखावासीले गरेको लगानीको सेयर बाँडफाँड गरिएको छ ।

बुधबार सार्वजनिक विवरणअनुसार जिल्लावासीले न्यूनतम ३० देखि १०३ कित्तासम्म सेयर पाएका छन् । सबैभन्दा कम पाउनेले ३ हजार र बढी पाउनेले १० हजार ३ सय रुपैयाँबराबरको सेयर प्राप्त गरेका छन् ।

आयोजनाको सेयर निष्कासन तथा बिक्री प्रबन्धक कम्पनी नागरिक लगानी कोष तथा सहायक प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले धितोपत्र बोर्डको सहमति लिएर बुधबार सेयर बाँडफाँड गरेको हो । आयोजना प्रभावित क्षेत्रलाई तीन वर्गमा विभाजन गरी स्थानीयलाई सेयर दिलाइएको छ ।

कसले पाए १०३ कित्तासम्म ?
आयोजनाको अति प्रभावित ‘क’ वर्गमा सेयर आवेदन गरेकामध्ये २० देखि सय कित्ता मागेका आवेदकलाई मागबमोजिम पूरै सेयर दिइएको छ । यस्तै, ११० देखि ३०० कित्ता माग गर्ने सबै आवेदकले १०२ कित्ताका दरले जम्मा ५ लाख १० हजार ९ सय ५० कित्ता सेयर पाएका छन् । ‘क’ वर्गमा कुल ५ हजार ५० आवेदकले १३ लाख ८८ हजार ३ सय कित्ता सेयर माग गर्दै आवेदन दिएका थिए ।

जसले अधिकतम ४८ कित्तासम्म पाए
आयोजनाको प्रभावित ‘ख’ वर्गमा ३० देखि ४० कित्ता सेयर माग गर्ने आवेदकले माग गरेअनुसार पाएका छन् । यही वर्गमा ५० देखि ३०० कित्ता माग्नेलाई ४८ कित्ताका दरले ३७ लाख ७७ हजार ५ सय ८६ कित्ता सेयर बाँडफाँड गरिएको माथिल्लो तामाकोसी आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिनुभयाे । ‘ख’ वर्गमा कुल ८१ हजार २ सय ४२ आवेदकले १ करोड २७ लाख ८१ हजार २ सय ९० कित्ता सेयरका लागि आवेदन भरेका थिए ।

‘ग’ वर्गमा परेर ५० कित्ताभन्दा बढी माग्नेले ३४ कित्ता मात्रै पाए
आयोजना प्रभावित क्षेत्रमा ‘ग’ वर्गमा परेका आवेदकमध्ये ३० कित्ता माग गर्नेले शतप्रतिशत सेयर प्राप्त गरेका छन् । यस्तै ४० कित्ता माग्नेले ३२ कित्ता र ५० देखि ३०० कित्तासम्म माग्नेले ३४ कित्ता मात्रै सेयर पाएका छन् । ‘ग’ वर्गमा कुल ६२ लाख ९९ हजार ८ सय ६६ कित्ता सेयर बाँडफाँड भएको छ । यस वर्गमा दोलखाका १ लाख ८९ हजार ९ सय २३ आवेदकले २ करोड ३५ लाख ४२ हजार ३ सय ७० कित्ता सेयरका लागि आवेदन दिएका थिए ।

तपाईको प्रतिक्रिया