Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

दोलखा – आयोजना प्रभावित दोलखाका स्थानीय बासिन्दाका लागि साधारण शेयर (आईपीओ) बिक्री गरेको चार महीनापछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बुधबार शेयर बाँडफाँड गर्ने भएको छ ।

गएको साउन १६ गतेदेखि बिक्री खुला गरेको कम्पनीले चार महिनापछि शेयर बाँडफाँड गर्न लागेको हो । आयोजना प्रभावित क्षेत्रका आधारमा क, ख र ग गरेर तीन वर्ग छुट्याएर सोही आधारमा शेयर आवेदनका लागि निष्काशन गरिएकामा दुई लाख ७६ हजार आवेदकले आवेदन दिएका थिए ।

आयोजना प्रभावित क्षेत्रका आधारमा बाँडफाँड हुने शेयरमा क वर्गको क्षेत्रका आवेदनकर्ताले कम्तिमा १०२ कित्ता, ख वर्गकाले ४८ कित्ता र ग वर्गकाले न्यूनतम ३४ कित्ता पाउने सम्भावना रहेको आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिनुभयो ।

आवेदकको बाँकी रकम अबको पाँच दिनभित्र आवेदन भरेको खातामार्फत नै फिर्ता हुने उहाँले बताउनुभयो । आयोजनाले गत साउन १४ गतेदेखि भदौ १६ गतेसम्म दोलखावासीका लागि शेयर निश्काशन गरेको थियो ।

पहिलो चरणको समयावधिमा पनि शेयर आवेदनकर्ताको भीड नघटेपछि थप पाँच दिन शेयर आवेदन भर्ने व्यवस्था मिलाइएको थियो । शेयर आवेदन दिएकामध्ये १० जनाले दुई स्थानबाट आवेदन दिएको पाइएको र उनीहरूको आवेदन रद्द हुने प्रवक्ता न्यौपानेले बताउनुभयो ।

कम्पनीले आयोजना प्रभावित दोलखावासीका लागि एक करोड पाँच लाख ९० हजार कित्ता शेयर निष्काशन गरेको थियो । सर्वसाधारणलाई बिक्री गरिने दुई करोड ६४ लाख ७५ हजार कित्तामध्ये एक करोड पाँच लाख ९० हजार कित्ता स्थानीयलाई बिक्री गरिएको थियो ।

तपाईको प्रतिक्रिया