Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – कोलेस्ट्रोल बोसोयुक्त तत्व हो । कलेजोले यसको निर्माण गर्छ । हामीले खानाबाट जुन बोसो प्राप्त गर्छौं, त्यसलाई शरीरले परिवर्तन गरेर कोलेस्ट्रोलको निर्माण गर्छ । यस्तो कोलेस्ट्रोलले शरीरका विभिन्न कोषिकालाई स्वस्थ र मजबुत राख्ने काम गर्छ । तर, जब यसको मात्रा बढी हुन्छ, शरीरमा कैयौँ समस्या देखिन थाल्छ । जसले तौल बढ्ने, मुटुलगायतका समस्या निम्त्याउने गर्छ । त्यसैले शरीरमा कोलेस्ट्रोलको मात्रालाई सन्तुलनमा राख्न जरुरी हुन्छ । यसका लागि बोसोको प्रयोगलाई सीमित गर्न आवश्यक हुन्छ । कोलेस्ट्रोललाई सन्तुलनमा राख्न कैयौँ फलफूलले पनि अहं भूमिका निर्वाह गर्छ । यस्तो फलफूलको सेवन गरी शरीरमा भएको खराब कोलेस्ट्रोलको मात्रालाई घटाउन सकिन्छ ।

नास्पाती
नास्पातीमा पानीमा घुलनशील पेक्टिङ फाइबर हुन्छ । जसले सेल्युलोजको स्तरलाई नियन्त्रणमा राख्ने काम गर्छ । नास्पातीमा शरीरका लागि आवश्यक कैयौँ पोषण तत्व हुन्छ । यसमा प्राकृतिक भिटामिन, मिनरल र एन्जाइमका साथै एन्टिअक्सिडेन्टको मात्रा पनि हुन्छ । जसले शरीरको ब्याड कोलेस्ट्रोलको मात्रालाई कम गर्ने क्षमता राख्छ ।

स्याउ
पर्याप्त मात्रामा प्रोटिन र भिटाभिन प्राप्त गर्न सकिन्छ । यसको नियमित सेवन गर्दा कोलेस्ट्रोलको मात्रा घटाउने काम मात्र गर्दैन कि रक्तचापलाई पनि सामान्य राख्ने काम गर्छ । स्याउमा पेक्टिनको घुलनशील रेसा हुन्छ । जसले रगतमा कोलेस्ट्रोलको मात्रालाई घटाउने र शरीरका लागि एन्टिब्याक्टेरियल फुडको भूमिका निर्वाह गर्ने काम गर्छ । यसलाई दाना या जुसका रूपमा प्रयोग गर्न सकिन्छ । यसलाई ब्रेकफास्ट र स्न्याक्सका रूपमा लिँदा पनि राम्रो हुन्छ ।

कागती
अमिलो फलफूलमा यस्तो इन्जाइम पाइन्छ, जसले मेटाबोलिजमको प्रक्रियालाई तीव्र गरेर कोलेस्ट्रोल घटाउन सहयोग पु-याउँछ । कागतीमा भएको घुलनशील फाइबरले शरीरबाट ब्याड कोलेस्ट्रोललाई रगतमा जान रोक्ने काम गर्छ । यसमा पाइने भिटामिन सीले रक्तनली सफा गर्छ । त्यस्तै, शरीरमा जम्मा भएको ब्याड कोलेस्ट्रोललाई पचान प्रक्रियाका माध्यमबाट बाहिर निकाल्ने काम गर्छ । त्यसैले यसको कुनै पनि परिकार बनाएर प्रयोग गर्न सकिन्छ । जस्तो– सलाद, चिया, खाना, सर्बतलगायतमा यसको प्रयोग गर्न सकिन्छ ।

मेवा
मेवा खानका लागि स्वादिलो मात्रा हुँदैन, मुटुको लागि निकै स्वस्थकर पनि हुन्छ । यसको प्रयोगले मुटुको सम्भावित रोगबाट बचाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । मेवामा फाइबर, भिटामिन–सी र एन्टिअक्सिडेन्टलगायतका पोषण तत्व प्रचुर मात्रामा हुन्छ । जसले शरीरमा भएको रक्तनलीमा रगत जम्न नदिन ठूलो भूमिका खेल्छ । कोलेस्ट्रोल रगतमा मिसिँदा मुटु, रक्तचापलगायतका कैयौँ समस्या देखिन्छ । जसले हृदयाघात बनाउन पनि सक्छ । यसका लागि मेवा निकै स्वस्थकर मानिन्छ ।

टमाटर
टमाटरको प्रयोगले हर्ट स्ट्रोकको खतराबाट बचाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । यसले रक्तनलीमा रगत जम्न रोक्ने काम गर्छ । रगत जम्दा रक्तनलीमा अवरोध सिर्जना हुन्छ । जसले हर्ट अट्याक, स्ट्रोकजस्ता गम्भीर रोगको खतरा निम्त्याउँछ । तर, यसको प्रयोगमा भने ध्यान दिन आवश्यक हुन्छ । टमाटरको अत्यधिक प्रयोग भने स्वास्थ्यका लागि फाइदाजनक हुँदैन ।

तपाईको प्रतिक्रिया