Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौँ –  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक १४ र १५ गते छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ ।

भिटामिन ए कार्यक्रम सरकारको राष्ट्रिय कार्यक्रमभित्र पर्दछ । परिवार कल्याण महाशाखाका पोषण प्रमुख केदार पराजुलीले सरकारको राष्ट्रिय कार्यक्रमअन्र्तगत बुधबार र बिहीबार भिटामिन ए तथा जुकाको औषधि खुवाइने जानकारी दिनुभयो ।

बुधबार भिटामिन ए र जुकाको औषधि खान छुटेका बालबालिकालाई बिहीबार खुवाइनेछ । छ महिनादेखि पाँच वर्षसम्मका २७ लाख बालबालिकालाई भिटाभिन ए खुवाइने जानकारी दिँदै उहाँले यसको लागि ६० हजार स्वास्थ्यकर्मीहरु परिचालन गरिएको बताउनुभयो ।

उहाँले जुकाको औषधि एक वर्षदेखि पाँच वर्षभित्रका बालबालिकालाई खुवाउने बताउनुभयो । उहाँका अनुसार भिटामिन ए र जुकाको औषधि खुवाउने राष्ट्रिय कार्यक्रमको लागि छ करोड रुपियाँ खर्च हुनेछ ।

उहाँले बालबालिकालाई सङ्क्रमक रोगहरुबाट बचाउन, निमोनिया तथा झाडापखालाको प्रकोपबाट जोगाउन, रोगप्रतिरोधि क्षमता बढाई बाल मृत्यु दर घटाउन, आँखा सम्बन्धि रोगबाट बचाउन भिटामिन ‘ए’ खुवाउने गरिएको जानकारी दिनुभयो ।

भिटामिन ‘ए’ तथा जुकाको औषधि तोकिएको उमेर समूहका बालबालिकालाई हरेक वर्ष दुई पटक वैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते खुवाइने गरिन्छ । यसपटक कात्तिक २ र ३ गते दशै परेकोले कात्तिक १४ र १५ गते खुवाउन लागिएको हो ।

तपाईको प्रतिक्रिया