Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – मर्निङवाक गर्न जाँदा चिसो लाग्ने सम्भावना हुन्छ । त्यसैले मर्निङवाकमा निस्कनुपरे न्यानो पहिरन तथा टोपी लगाउनुपर्छ ।

कसैलाई चिसोले चाँडो असर गर्ने हुन्छ । त्यस्ता व्यक्तिलाई चिसोमा मर्निङवाक गर्नु उपयुक्त नहुन सक्छ । त्यस्ता व्यक्तिले घरैमा बसेर पनि व्यायाम गर्न सक्छन् ।

जाडो मौसममा सुप, तरकारी, फलफूलजस्ता खानालाई सकेसम्म नियमित गर्नुपर्छ । हरियो सागसब्जी, चुकन्दर, अदुवा, लसुनजस्ता खानेकुराले शरीरलाई ऊर्जा मिल्छ । तरकारी र गेडागुडीको झोल जाडो मौसममा बढी खाने गर्नुपर्छ ।

तातो पानी पर्याप्त पिउनुपर्छ । साथै, ग्रिन टी पिउँदा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

ओछ्यानमै बसेर हात–खुट्टा तन्काउने, जिउ तन्काउनेजस्ता क्रिया पनि गर्न सकिन्छ ।

कतिपयले साँझ पनि व्यायाम गर्ने गर्छन् । तर, व्यायामका लागि बिहानको समय नै उपयुक्त हुन्छ ।

यद्यपि, खाना खाएको एक घन्टापछि वा अघि पनि व्यायाम गर्न सकिन्छ ।

व्यायामका लागि सन्तुलित खाना, राम्रो निद्रा र पर्याप्त आराम आवश्यक हुन्छ ।

तपाईको प्रतिक्रिया