Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध  रुपमा चीन लैजान लागेकाे सवा एक लाख अमेरिकी डलरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विमानस्थलबाट अवैध रुपमा लैजान लागेको १ लाख २६ हजार ४ सय अमेरिकी डलरसहित चिनिया नागरिकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

राहदानी नम्बर इडी ४८२९४७८ बाहक इआशालाई सोमबार प्रहरीले पक्राउ गरेको हो । काठमाडौंबाट चीनको गोन्जाओ जान लागेका उनलाई डिपार्चर एरियाबाट लगेजभित्र अवैध रुपमा लुकाइछिपाई लैजान लागेको उक्त डलरसहित प्रहरीले फेला पारेको थियो । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया