Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं –  काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । दसैंअघिसम्म अधिकांश भागमा गर्मी महसुस भए पनि दसैंलगत्तै तापक्रम घटेको छ । उपत्यकासहित देशभर नै चिसोको प्रभाव विस्तार हुँदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार वायुमण्डलको प्रभावका कारण चिसो बढेको हो ।
धुँवाधुलोले गर्दा पनि वायुमण्डल प्रदूषित भएकाले चिसो बढेको मौसमविद्हरूले बताएका छन् । अघिल्लो वर्ष १० कात्तिकमा काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेकामा यसपटक ८ दशमलव २ डिग्रीमा झरेको छ । शनिबारभन्दा आइतबार अझ तपक्रम घटेरे ८ डिग्रीमा झरेको महाशाखाले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।

अबको केही समयमै तराई क्षेत्रमा पातलो कुइरो लाग्ने र पहाडी क्षेत्रमा लामो समय पानी नपरे तुवाँलोले दृश्यता कमजोर हुने मौसमविद् अर्यालले बताउनुभयाे । ‘सिजनल इफेक्ट’ले न्यूनतम तापक्रममा तलमाथि भइरहेको हो,’ उहाँले भन्नुभयाे, ‘तापक्रम घटेपछि उपत्यकामा बढी चिसोको महसुस गरिएको छ । दिउँसोपख घाम लागे पनि बिहान र बेलुका बढी चिसो हुने गरेको छ ।’ तापक्रम घटेकाले उपत्यकामा चिसो महसुस गरिएको छ । यद्यपि, दिउँसोको समयमा भने तापक्रम केही बढी छ ।

काठमाडौंको अधिकांश तापक्रम आइतबार २५ डिग्रीसम्म पुगेको थियो । केही दिनयता उपत्यकासहित देशभरको तापक्रम घट्दो रूपमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलव ७ र अधिकतम तापक्रम २१ दशमलब १ डिग्री सेल्सियस थियो । वीरेन्द्रनगरको न्यूनतम तापक्रम ९ दशमलव ७ र अधिकम तापक्रम २९ दशमलव ४ डिग्री मापन गरिएको थियो ।

त्यस्तै, सिमराको न्यूनतम तापक्रम १४ र अधिकतम तापक्रम ३३ दशमलव ६ डिग्री सेल्सियस छ । दाङको न्यूनतम तापक्रम भने ११ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । धनकुटाको न्यूनतम तापक्रम १२ दशमलव ८ एक र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ । पोखराको न्यूनतम तापक्रम १२ दशमलव २ र अधिकतम तापक्रम २५ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

केही दिनयताको अवस्थालाई हेर्दा न्यूनतम तापक्रम अझै घट्न सक्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार काठमाडौंको न्यूनतम तापक्रम ८ र अधिकतम तापक्रम २५ डिग्री मापन गरिएको छ । आइतबार सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम शून्य दशमलव ७ डिग्री र सबैभन्दा बढी विराटनगरमा न्यूनतम १८ डिग्री र अधिकतम तापक्रम ३२ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया