Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं –  जाडोको मौसम सुरु भएसँगै छालामा विभिन्न समस्या आउन सुरु हुन्छ । विशेषगरी जाडोयाममा सुक्खा हुने भएकाले छाला खस्रो हुने तथा फुट्ने गर्छ । जाडोको मौसममा हातखुट्टा फुट्ने भएकाले पनि छालाको विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ ।

सामान्यतया जाडो महिनामा पानी कम पिउने भएकाले पनि छालामा सुक्खापन आउँछ । यसका साथै चिसो हावाले शरीरमा भएको पानीलाई सोस्छ र छाला फुट्छ । तसर्थ, जाडोयाममा बाहिर निस्कँदा सकेसम्म शरीर पूरै ढाक्ने खालका लुगा लगाउनुपर्छ ।

जाडोयाममा प्रायः मानिसहरू घाममा बस्न रुचाउँछन्, तर घाममा अत्यधिक बस्दा एलर्जी हुने सम्भावना हुन्छ । यसबाट बच्न घाममा निस्कँदा सनस्क्रिन लगाएर मात्र निस्कनुपर्छ ।

जाडोयाममा प्रायः हातखुट्टा, ओठ, अनुहार र आँखामा बढी असर पर्ने भएकाले विशेष ध्यान पुर्याउनुपर्ने हुन्छ । त्यसका लागि हातखुट्टामा मोइस्चराइजरको प्रयोग गर्नुपर्छ । जसले छालामा एक प्रकारको मजबुत पत्र बनाउँछ, जसले साधारण क्रिमको तुलनामा छालालाई नरम बनाउन मद्दत पुर्याउछ ।

नुहाउँदा तातोपानीको प्रयोग गर्ने चलन छ । तर, धेरै तातोपानीले त्वचामा असर पुर्याउने भएकाले सकेसम्म चिसो वा मनतातो पानीको प्रयोग गर्नु प्रभावकारी मानिन्छ । अत्यधिक चिसोका कारण सोरियस अर्थात् कत्ले रोग हुने सम्भावना बढी हुन्छ । त्यसैले यसमा ध्यान पुर्याउनुपर्छ ।

जाडोको समयमा चायाले सताउँछ । चिसो भई पूर्ण रूपमा शरीरको हेरचाहमा कमी आउने भएकाले यस्ता रोग निम्तिन्छन् । यसका साथै कतिपय मानिसले चिसोमा लामो समयसम्म ननुहाउने, मैलो लुगा लगाउने गर्छन् । जसका कारण लुतो आउने सम्भावना हुन्छ । यस्ता रोगबाट बच्न सकेसम्म सरसफाइ गर्नु आवश्यक हुन्छ ।

तपाईको प्रतिक्रिया