काठमाडौं–माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले दोस्रो चरणको सेयर कात्तिक १५ गतेदेखि निष्काशन गर्ने भएको छ । दोस्रो चरणको साधारण सेयर अन्तर्गत सर्वसाधारणका लागि १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्काशन गर्न लागिएको हो ।
प्रतिकित्ता सय रुपैयाँदरका २ करोड ६४ लाख ७५ हजार कित्ता सेयर मध्ये पहिलो चरणमा दोलखाका खायोजना प्रभावितका लागि १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्काशन गरिएको थियो जसको लागि साउन १६ देखि भदौ २१ गतेसम्म आवेदन भर्ने समय थियो ।
यसको बाँडफाँट पश्चात सर्वसाधारणका लागि दोस्रो चरणको सेयर कात्तिक १५ गतेबाट निष्काशन गर्न लागिएको बिक्रि प्रबन्धकले जनाएको छ । यसको बिक्रि प्रबन्धकको काम नागरीक लगानीकोष र सनराइज क्यापिटलले गर्नेछ ।
न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आवेदन सि—आस्वा प्राप्त बैंक तथा वित्तिय संस्थाबाट भर्न र बुझाउन सकिनेछ । पर्याप्त आवेदन परेको अवस्थामा कात्तिक १९ गते आवेदन फारम बुझाउने अन्तिम दिन हुनेछ ।
यदि सो समयमा पर्याप्त आवेदन नपरेको अवस्थामा भने मंसिर १४ गतेसम्म समय थप गरिनेछ ।