Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – काठमाडौं महानगरपालिकाकाले काष्ठमण्डप पुनर्निर्माण समितिलाई ५ करोड रुपैयाँ थप रकम प्रदान गरेको छ । अाज हनुमान ढोका दरबार संरक्षण कार्यक्रमले आयोजना गरेको कार्यक्रममा प्रमुख मेयर बिद्यासुन्दर शाक्यले समितिका अध्यक्ष राजेशकाजी शाक्यलाई उक्त चेक हस्तान्तरण गर्नुभयो ।

महानगरको रणनीतिक नेतृत्वमा सरकारी तथा नागरिक संघ संस्थाको सहभागितामा काष्ठमण्डपलाई छिटो, मौलिक स्वरुप र दिगो रुपमा पुनःनिर्माण गर्न प्रदेश सभा सदस्य श्रेष्ठ नेतृत्वको समिति र काठमाडौं महानगरबीच सहमति भएपछि गएको जेठ २९ गते काम थालनी गर्न ५० लाख रुपैयाँ उपलब्ध गराइएको थियो । त्यस रकमबाट प्रारम्भिक काठ किन्ने लगायतका काम भइसकेकाले थप रकम उपलब्ध गराइएको हो ।

रकम प्रदान गर्दै मेयर शाक्यले १८ करोड अनुमानित लागत भएको काष्ठमण्डपको पुनर्निर्माण महानगरले आफ्नै खर्चमा सम्पन्न गर्ने कुरा आफूले भन्दै आएको बताउँदै यसको प्रारम्भिक काम शुरु भइसकेको जानकारी दिनुभयाे । उहाँले काष्ठमण्डपको मौलिक पहिचानयुक्त काष्ठमण्डप बनाउन आवश्यक पर्ने सामाग्री सहज उपलब्ध नभएको बताउँदै तर पनि कार्ययोजना बमोजिम काम गर्नु पर्ने बताउनुभयाे ।

तपाईको प्रतिक्रिया