Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौँ — राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको विनिमय दर एक सय १८ रुपैयाँ ८० पैसा तोक्यो  । यो हालसम्मकै उच्च हो  । सन् २०१८ सुरु भएपछि निरन्तर रूपमा डलर बलियो बन्दै गएको छ । यही क्रममा मंगलबार एक अमेरिकी डलरको विनिमय दर करिब एक सय १९ रुपैयाँ नजिक पुगेको हो ।

पछिल्ला दिनहरूमा डलरको विनिमय दरले हरेक दिन नयाँ रेकर्ड बनाउँदै गएको छ । सोमबार एक सय १८ रुपैयाँ ३३ पैसा पुगेको डलर मंगलबार एक सय १८ रुपैयाँ ८० पैसा पुगेको हो । राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको (खरिद दर) एक सय १८ रुपैयाँ २० पैसा तोकेको छ । यो पनि हालसम्मकै उच्च हो ।

किन बढ्दै छ डलर ?
१ जनबरी २०१८ मा एक अमेरिकी डलरसँग नेपाली मुद्राको सटही दर एक सय दुई रुपैयाँ ५० पैसा थियो । त्यसपछिका महिनाहरूमा नेपाली मुद्रा डलरसँग निरन्तर रूपमा कमजोर बनिरहेको छ । यसको अर्थ डलर बलियो बन्दै गएको छ भने नेरु कमजोर ।

जानकार भन्छन्, ‘भारतीय अर्थतन्त्रको प्रभावका कारण नेपाली मुद्रा पनि डलरको तुलनामा कमजोर हुँदै गएको हो ।’ यो अवधिमा डलरको तुलनामा भारतीय मुद्रा (भारु) कमजोर बन्दै गएको छ । भारुसँग नेपाली मुद्रा (नेरु) को स्थिर विनिमय दर छ । यही कारण भारु अवमूल्यन हुँदा त्यसको प्रत्यक्ष प्रभाव नेरुमा पनि परेको हो ।

नेपालमा वार्षिक करिब साढे १२ खर्ब रुपैयाँ बराबरको आयात हुन्छ । तर, निर्यात करिब ८१ अर्ब मात्र छ । कुल वैदेशिक व्यापारको ६४.७ प्रतिशत अंश भारतसँग छ । डलरको तुलनामा भारु कमजोर भयो । स्थिर विनिमय दरका कारण भारुको असर नेरुमा पर्‍यो ।

भारत र अन्य मुलुकबाट आयात गर्दा अधिकांश भुक्तानी डलरमा दिनुपर्छ । यसकारण डलर महँगो हुन्दा स्वत: विदेशबाट भित्रिने सामान पनि महँगो हुन्छ । अहिले पनि त्यही भइरहेको छ । यसकारण डलरको मूल्यवृद्धिमा संर्वसाधारणको चासो बढ्नु स्वाभाविक हो ।

तपाईको प्रतिक्रिया