Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

१. अत्यधिक केरा स्वास्थ्यका लागि हानिकारक
एकैपटकमा धेरै केरा खाँदा स्वास्थ्यलाई हानि पुग्न सक्छ । केरामा पोटासियमको मात्रा अत्यधिक हुन्छ । आवश्यकताभन्दा बढी पोटासियमले स्वास्थ्यलाई हानि गर्दछ । पोटासियम शरीरको हरेक कोषिकामा उपलब्ध हुन्छ । किनकि, यो जीवनका लागि एकदमै महत्वपूर्ण हुन्छ । व्यक्तिलाई दिनभरिमा ३५ सय मिलिग्राम पोटासियम आवश्यक हुन्छ । एउटा केरामा लगभग ४ सय ५० मिलिग्राम पोटासियम हुन्छ । अर्थात्, एक व्यक्तिले दिनभरिमा सातवटासम्म केरा खाँदा हुन्छ ।

२.अन्डाको पहेँलो भाग धूम्रपानभन्दा खतरनाक
अन्डाको पहेँलो भाग धूम्रपानभन्दा खतरनाक हुन्छ । यसले मुटुमा चुरोट पिउनुजत्तिकै असर गर्दछ । जसले मुटुका धमनीलाई कडा बनाउँछ, जसलाई अथेरोस्केलोरोसिस भनिन्छ ।

३. कफीले छालाको क्यान्सर हुनबाट बचाउँछ
दिनहुँ ६ कपभन्दा बढी कफी पिउने व्यक्तिलाई छालाको क्यान्सर हुने सम्भावना एकदमै कम हुन्छ । कफीमा पाइने एक किसिमको तत्व, जसलाई चिकित्सकीय भाषामा एन्टिअक्सिडेन्ट भनिन्छ, छालालाई सुरक्षा दिन्छ र क्यान्सर लाग्न दिँदैन ।

४. बियरले चिसोबाट बचाउँछ
बियर सेवन गर्दा चिसोबाट बच्न सकिन्छ । यसले शरीरमा चिसो पस्न नदिने भएकाले युवालाई निमोनिया र ब्रोङकाइटिसजस्ता गम्भीर समस्या हुन दिँदैन । कतिपय अवस्थामा बियरको तितो स्वादले श्वासप्रश्वाससम्बन्धी भाइरस फैलनबाट समेत रोक्ने गर्छ ।

५. डाइटिङले तौल बढाउँछ
डाइटिङले तौल घटाउँछ भन्ने प्रायः मानिसले विश्वास गर्दछन् । तर, डाइटिङले तौल घटाउनभन्दा पनि बढाउनमा बढी भूमिका खेलिरहेको हुन्छ । सामान्यतया डाइटिङले हर्मोन, मोटोबोलिजम, दिमागलाई परिवर्तन गर्ने भएकाले मोटोपनामा वृद्धि ल्याउँछ ।

६. फुर्तिलो भएर हिँड्दा हृदयाघातको खतरा घटाउँछ
फुर्तिलो तरिकाले हिँड्नाले हृदयाघातको खतरालाई ४० प्रतिशत घटाउँछ । यदि फुर्तिलो तालमा हिँड्ने वा जगिङ गर्ने हो भने मुटुको चाल तीव्र हुन्छ, मुटुको मांसपेशीको अभ्यास हुन्छ । जसले मुटुलाई स्वस्थ रहन सहयोग गर्दछ ।

तपाईको प्रतिक्रिया