Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – श्रमजीवी पत्ररकारको पारिश्रमिकमा २५ प्रतिशत वृद्धि गर्ने सरकारले निर्णय गरेको छ । अाज बसेको मन्त्रिपरिषद बैठकले श्रमजीवी पत्ररकारको पारिश्रमिकमा २५ प्रतिशत वृद्धि गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी गराउनुभयाे ।

यसअघि श्रमजिवी पत्रकारको न्युनतम पारिश्रमिक १९ हजार ५ सय रहेको थियो । यो निर्णयसँगै २४ हजार ३ सय न्यूनतम पारिश्रमिक हुनेछ । सबै श्रमजिवी पत्रकार तथा सञ्चार क्षेत्रमा काम गर्ने कर्मचारीहरुका कात्तिक १ देखि लागूहुने छ ।

यस्तै मन्त्रिपरिषदले गोरखापत्र संस्थानको अध्यक्षमा वरिष्ठ पत्रकार कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको छ । गोविन्द पोखरेलको राजीनामा स्वीकृत गर्दै भण्डारीलाई नियुक्त गरेको हो । साथै बैठकले मन्त्रिपरिषदले नागरिक लगानी कोषको सञ्चालकमा रामचन्द्र भट्टराईलाई नियुक्त गरेको छ । उखु किसान र चिनिको समस्याबारे जाँचबुझ गर्न सात सदस्यीय समिति समेत मन्त्रिपरिषदले गठन गरेको छ ।

तपाईको प्रतिक्रिया