Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – अनुहार सफा गर्न बढी तातो र चिसो पानी प्रयोग गर्नुहुँदैन । अत्यधिक तातो पानीले स्किनमा भएको रगत सेल्सलाई असर गर्छ । त्यस्तै, चिसो पानीका कारण मेकअप प्रडक्टलाई अनुहारले राम्रोसँग ग्रहण गर्न सक्दैन । त्यसैले जहिले पनि अनुहार सफा गर्दा मनतातो पानी प्रयोग गर्नु उत्तम हुन्छ ।

के तपाईं कुनै सोचविचार नै नगरी फेसवास खरिद गर्नुहुन्छ ? यस्तो हो भने अबदेखि गल्ती नगर्नुहोला । स्किनको प्रकृति र समस्यालाई मध्यनजर गरेर मात्र फेसवास खरिद गर्नुपर्छ ।

चिल्लो स्किनका लागि सेलिसिलिक एसिड भएको फेसवास प्रयोग गर्नुपर्छ । यदि अनुहारको छाला फुस्रो छ भने मेडिकेटेड क्लिन्जर प्रयोग उत्तम हुन्छ । सेन्सेटिभ स्किन भएकाले भने मेडिकेटेड माइल्ड क्लिन्जर प्रयोग गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया