Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं– विदेशी मुद्राको विनिमयदरको बढ्दो मूल्यको कारण यो पटकको दशै महंगो बन्दैछ ।

दिनहुँजसो महंगिदै गएको अमेरिकी डलरका कारण उपभोग्य बस्तुको मूल्य पनि बढ्नेछ । बिहिबार  (असोज १८ गते) अमेरीकी डलरले ११७ रुपैयाँ नाघेको छ ।  एक अमेरिकी डलर खरिद गर्न  १ सय १७ रुपैयाँ ५ पैसा खर्च गर्नुपर्ने भएको छ ।  बिक्रि मूल्य भने १ सय १७ रुपैयाँ ६५ पैसा कायम भएको छ ।

देशमा धेरैजसो वस्तु तथा सेवा आयातित हुने भएकाले बढ्दो डलर मूल्यले दशैको मुखमा सर्वसाधारण महंगीको मारमा पर्ने भएका हुन् । यस्तै एक यूरोको खरिददर १ सय ३५ रुपैयाँ १३ पैसा छ भने बिक्रिदर १ सय ३५ रुपैया ८२ पैसा रहेको छ ।

युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५१ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्रिदर १ सय ५२ रुपैयाँ ६४ पैसा रहेको छ ।  जापानीज १० यनको खरिददर १० रुपैयाँ २८ पैसा र बिक्रिदर १० रुपैयाँ ३४ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३२ रुपैयाँ ३५ पैसा र बिक्रिदर ३२ रुपैयाँ ३१ पैसा रहेको छ ।  कुवेती एक दिनारको खरिददर ३ सय ८५ रुपैयाँ ४८ पैसा र बिक्रिदर ३ सय ८७ रुपैयाँ ४६ पैसा रहेको छ ।

तपाईको प्रतिक्रिया