Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडाैं – गोरखाका एक कृषकले मौरीपालनबाट मासिक पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । गोरखा नगरपालिका-११ स्थित तेह्रकिलोका कृषक तुलसीप्रसाद देवकोटाले मौरीपालन गरी मह तथा मौरीसहितको घार बेचेर राम्रो आम्दानी गर्दै आउनु भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

स्थानीय जातका मौरीपालन गरी मह तथा मौरीको घर बेच्न थाल्नुभएको करीब नौ वर्ष भइसकेको छ । देवकोटा माउण्टेन हनी उत्पादन तथा प्रशोधन केन्द्र खोलेर अहिले स्थानीय सेरेना जातको मौरी पाल्दै आउनुभएको छ । उत्पादन भएको मह अहिले मानाको ८०० का दरले बिक्री हुने गरेको देवकोटाको भनाइ छ । मौसमअनुसार मौरीले मह उत्पादन गर्ने बताउँदै देवकोटाले मङ्सिर चैत लगायतको समयमा एक घार मौरीले चार पाथीसम्म मह उत्पादन गर्ने गरेको बताउनुहुन्छ ।

देवकोटाका अनुसार मङ्सिर र चैत महिनामा सबैभन्दा धेरै मह उत्पादन हुने गर्दछ । मह उत्पादनसँगै उहाँले घार पनि बिक्री गर्दै आउनुभएको छ । ‘पहिलोको तुलनामा अहिले महभन्दा मौरीसहितको घार बिक्रीबाट बढी आम्दानी हुने गरेको छ,’ देवकोटाले भन्नुभयो । आजभोलि एक घारको १० हजारसम्ममा बिक्री हुने गरेको छ । गएको वर्ष मात्र करीब ४५ घार मौरी बिक्री गरेको उहाँले जानकारी दिनुभयो । पहिला मह मात्र उत्पादन गर्ने उद्देश्यले मौरीपालन केन्द्र खोलेको भए पनि महको बजारसँगै मौरीसहितको घारको बजार पनि बढ्न थालेपछि घार बिक्री गर्न थालेको कृषक देवकोटा बताउनुहुन्छ ।

मौरीपालन व्यवसायका लागि फूल फुल्ने जातका तरकारी बाली तथा फलफूल खेती पनि आवश्यक पर्ने भएकाले समय अनुसारका विभिन्न खेतीबालीसमेत गर्दै आएको कृषक देवकोटाको भनाइ छ । ‘मौरीपालनका लागि चरन क्षेत्र आवश्यक पर्ने भएकाले मौसमअनुसार घर वरिपरि तोरी खेती पनि गर्दै आएको छु,’ देवकोटाले भन्नुभयो, ‘चिलाउने, टाँकी, कटुसलगायतका बोटबिरुवाका फूल मौरीले मन पराउने हुँदा त्यस्ता खालका बोटबिरुवा समेत हुर्काउँदै गरेको छु ।’

बढी फूल फूल्ने मौसममा राम्रो ध्यान दिन सके एक घार मौरीबाट तीनदेखि छ घारसम्म बनाउन सकिने उहाँले बताउनुभयो । उहाँले मौरीलाई खानेकुराको अभाव भएमा वा घारमा केही वस्तुले दुःख दिएमा एक घारको मौरीले अर्को घारको मौरीलाई दुःख दिने भएकाले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । मौरीपालनका लागि जिल्ला कृषि विकास कार्यालय गोरखाबाट दुई लाख अनुदान प्राप्त भएको देवकोटाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया