Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – हङकङमा विदेशी घरेलु कामदारको न्यूनतम तलब वृद्धि भएको छ । गत शनिबारदेखि विदेशी कामदारको हितका लागि त्यहाँको सरकारले न्यूनतम तलबमा २ दशमलब ५ प्रतिशत वृद्धि गर्ने योजना कार्यान्वयन गरेको हो ।

पहिलेको तलबमा १ सय १० हङकङ डलर वृद्धि भएसँगै विदेशी कामदारको न्यूनतम तलब ४ हजार ५ सय २० (नेपाली ६७ हजार ४ सय ३८) पुगेको छ । हङकङले विदेशी कामदारको खाना भत्तामा पनि वृद्धि गरेको छ । यसअधि एक हजार ५३ डलर दिँदै आएकोमा २२ डलर वृद्धि गरेको हो । विभिन्न मजदुर समूहले हङकङ सरकारको यस कार्यलाई स्वागत गरेका छन् ।

घरेलु कामदारका रुपमा हङकङ पुगेका ९० प्रतिशतले वृद्ध-वृद्धाको हेरचाह गर्ने, केटाकेटी हेर्ने तथा, अन्य घरेलु काम गर्ने बताइएको छ । एक सर्वेक्षणले कम्तिमा ५ घरेलु कामदारमध्ये २ जनाले हङकङमा २४ घण्टाजस्तो काम गरिरहेका छन् । जसले उनीहरु अस्वथ्य हुने, सुत्न नपाउने, निजी समय नपाउने समस्या भोगिरहेका छन् ।

यस्ता समस्यालाई सम्बोधन गर्दै हङकङमा सन् २०१६ मै ज्यालादारी कानुन बनेको थियो । जसले प्रत्येक वर्षको सेप्टेम्बर तथा अक्टोबरभित्र घरेलु कामदारको तलबमा पुनर्विचार गर्ने गर्दछ ।

तपाईको प्रतिक्रिया